शुक्र, बैशाख १८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

मस्को । युक्रेन द्वन्द्वमा पश्चिमी प्रतिबन्धबाट प्रभावित भएको करिब दुई वर्षपछि रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले रुसले आफ्नो तेल निर्यातलाई युरोपबाट चीन र भारततर्फ पुनः निर्देशित गरेको बुधबार बताउनुभएको छ ।

सन् २०२२ मा राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सेना पठाएपछि पश्चिमी मुलुकहरूले रुसमाथि समुद्री तेल आपूर्तिमा युरोपेली युनियन (इयु) को प्रतिबन्धलगायत धेरै प्रतिबन्ध लगाएका छन् ।

“हामी यसअघि युरोपलाई कूल ४० देखि ४५ प्रतिशत तेल र तेल उत्पादनको आपूर्ति गर्थ्यौँ”, ऊर्जा नीतिको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधानमन्त्री नोभाकले एक टेलिभिजन अन्तरवार्तामा भन्नुभयो, “यस वर्ष यो आँकडा कूल निर्यातको चारदेखि पाँच प्रतिशतभन्दा धेरै हुँदैन भन्ने हामीलाई अनुमान छ ।”

युरोपमा आफ्नो अधिकांश बजार हिस्सा गुमाइरहेकाले मस्कोले चीनसहित अन्य खरिदकर्तातर्फ ध्यान दिएको छ । “मस्कोको तेल निर्यातमा ४५ देखि ५० प्रतिशत हिस्सासम्म बढाएको चीन र भारत विद्यमान अवस्थामा हाम्रा मुख्य साझेदार बनेका छन्”, उहाँले भन्नुभयो । पहिला कुनै ढुवानी प्राप्त नगरेको भारत अहिले प्रमुख खरिदकर्ता भएको छ ।

नोभाकले भन्नुभयो, “दुई वर्षमा भारतमा आपूर्तिमा कूल हिस्सा करिब ४० प्रतिशतसम्म बढेको छ ।” कच्चा तेललाई रिफाइन गरी युरोपेली ग्राहकहरूलाई बिक्री गर्नुअघि रुसबाट छुटमा कच्चा तेल लिन भारत सक्षम भएको रिपोर्टमा बताइएको छ । यद्यपि यस्तो बिक्री कानुनी भए पनि यो रुसी तेलका लागि पछाडिको ढोकाको बाटो भएको र यसले प्रतिबन्धको प्रभावलाई कमजोर बनाउने आलोचकहरूले बताएका छन् ।

मस्कोले इयुका मुलुकहरूलाई आफ्नो निर्यातमा कटौती गरेकाले रुसले आफ्नो प्राकृतिक ग्यास निर्यातका लागि नयाँ बजार खोज्नुपरेको छ । इयुले पनि नयाँ आपूर्तिकर्ताहरू खोज्नुपरेको छ ।

उपप्रधानमन्त्री नोभाकले सन् २०२३ मा धेरै प्रतिबन्ध लागे पनि रुसी ऊर्जा उद्योगको सफलतापूर्वक विकास भएको बताउनुभयो । उहाँका अनुसार यस वर्ष रुसी तेल र ग्यासको राजस्व करिब नौ हजार अर्ब रुबल (९८ अर्ब अमेरिकी डलर) हुनेछ । यो सन् २०२१ मा युक्रेनमाथि आक्रमण गर्नुअघिको समान स्तर हो ।

उहाँले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा तेल र ग्यास उद्योगको हिस्सा २७ प्रतिशत रहेको जानकारी दिनुभयो । यो रुसको कूल निर्यात राजस्वको ५७ प्रतिशत हो । उहाँले अन्य खरिदकर्ताहरूका लागि रुस खुला रहेको बताउनुभयो । “रुसी तेल किन्न चाहने धेरै छन्, यी ल्याटिन अमेरिकी, अफ्रिकी र एसिया–प्रशान्त क्षेत्र अन्य देश हुन्”, उहाँले भन्नुभयो ।  एएफपी

यो पनि पढ्नुहोस्

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ  आइपुग्दै

डोनाल्ड ट्रम्पका विशेष दूत आज साँझ आइपुग्दै

१ दिन अगाडि
लिबियाको सहयोगका लागि संयुक्त राष्ट्रसंघको आग्रह

कूटनीतिक दिवस आज मनाइँदै

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सुकुम्बासी समस्या र समाधानको सही सुत्र

स्वास्थ्य र तन्दुरुस्तीको नयाँ गन्तव्य: नेपालमा बढ्दो ‘आउटडोर जिम’ को लहर

सुकुम्बासीहरूले आफैं सामान सार्न थाले

अर्थमन्त्रीको श्वेतपत्रले देखाएको देशको अवस्था

‘रोल नं १’को टिजरमा गरिब परिवारको शैक्षिक बाध्यताको कथा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक