सोम, अशोज ५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशहरूविरुद्ध ४५२ उजुरी परेका छन्।

न्यायपरिषद् दिवसको अवसरमा मंगलबार न्यायपरिषद् सचिवालयले सार्वजनिक गरेको न्यायपरिषद् बुलेटिनमा देशभरका जिल्ला तथा उच्च अदालतका न्यायाधीशविरुद्ध ४५२ उजुरी परेको तथ्यांक सार्वजनिक गरिएको हो।

परिषद्ले जिल्ला न्यायाधीशविरुद्ध २२६ र उच्च अदालतका न्यायाधीशविरुद्ध पनि २२६ उजुरी परेको जनाएको छ। परिषद्ले सार्वजनिक गरेको बुलेटिनमा प्रकृतिअनुसार ३३९ र एउटै न्यायाधीशविरुद्ध परेको उजुरीलाई फरक फरक गणना गर्दा न्यायाधीशगत रूपमा ४५२ उजुरी परेको उल्लेख छ।

परिषद्‌मा कार्यक्षमता अभाव भएको भन्दै जिल्ला न्यायाधीशविरुद्ध ५५ र उच्च अदालतका न्यायाधीशविरुद्ध ७८ गरी १३३ उजुरी परेको छ। १३२ जिल्ला न्यायाधीश र १०७ उच्च अदालतका न्यायाधीश गरी २३९ न्यायाधीशविरुद्ध खराब आचरण वा आचारसंहिताको गम्भीर उल्लंघन गरेको आरोपसहितको उजुरी परेको परिषद्ले जनाएको छ।

त्यसैगरी इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको वा बदनियतपूर्वक कार्य गरेको भन्दै ६ जिल्ला र ४ उच्च अदालतका गरी १० न्यायाधीशविरुद्ध उजुरी परेको छ। बुलेटिनमा २६ जिल्ला न्यायाधीश र २२ उच्च अदालतका न्यायाधीशमा कार्यक्षमताको अभाव र खराब आचरण देखिएको भन्दै उजुरी परेको उल्लेख छ।

कार्यक्षमताको अभाव, खराब आचरण र इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको भन्दै २ जिल्ला र ४ उच्चका गरी ६ न्यायाधीशविरुद्ध परिषद्‌मा उजुरी परेको जनाइएको छ। ५ जिल्ला न्यायाधीश र ११ उच्च अदालतका न्यायाधीशले कार्यक्षमताको अभाव र इमान्दारीपूर्वक कर्तव्य पालना नगरेको उजुरी परिषद्‌मा परेको छ।

बुलेटिनमा प्रकृतिगत रूपमा परेका उजुरीमध्ये ४९ फर्स्योट भइसकेको र २९० उजुरी बाँकी रहेको उल्लेख छ। जसमा दुई वर्षमाथिका ३५, दुईवर्षभित्रका १०९ र एक वर्ष भित्रका १४६ उजुरी बाँकी रहेको जनाइएको छ।

देशभर ६६ न्यायाधीश रिक्त 

सर्वोच्च अदालतसहित देशभरको अदालतमा ६६ न्यायाधीश रिक्त रहेको परिषद्ले जनाएको छ।

परिषद्ले सार्वजनिक गरेको बुलेटिनअनुसार सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेकोमा १४ न्यायाधीश मात्रै पूर्ति भएको र ७ न्यायाधीश रिक्त रहेको जनाएको छ। सर्वोच्चका लागि ६ जना न्यायाधीश नियुक्त गर्ने क्रममा रहेको पनि परिषद्ले जनाएको छ।

परिषद्ले देशभरका १८ वटा उच्च अदालत, इजलास र अस्थायी इजलासमा ३५ न्यायाधीश रिक्त रहेको उल्लेख छ। ती उच्च अदालत, इजलास र अस्थायी इजलासमा १६० न्यायाधीशको दरबन्दी रहेकोमा १२५ जना पूर्ति भएको र ३५ न्यायाधीश रिक्त रहेको बुलेटिनमा जनाइएको छ।

त्यसैगरी ७७ जिल्लामा २८४ न्यायाधीशको दरबन्दी रहेकोमा २६० न्यायाधीश पूर्ति भएको र २४ जना रिक्त रहेको परिषद्ले जनाएको छ।

न्यायपरिषद् सचिवालयले न्यायपरिषद् दिवसका अवसरमा २ उत्कृष्ट न्यायाधीशलाई सम्मान गरेको छ।

मुद्दा फर्स्योटमा उत्कृष्ट काम गरेका उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र जिल्ला अदालत काठमाडौँका डा. राजेन्द्रप्रसाद आचार्यलाई सम्मान गरेको हो।

यो पनि पढ्नुहोस्

बाढीमा ज्यान गुमाएका शवहरूको तत्काल डिएनए परीक्षण गर्न माग

बाढीमा ज्यान गुमाएका शवहरूको तत्काल डिएनए परीक्षण गर्न माग

३६ मिनेट अगाडि

३७ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरङको बेलबारीबाट भरत दाहाल पक्राउ

लाइसेन्स छपाइको काम सुरु

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

देशको बाह्य अर्थतन्त्र निकै बलियो अवस्थामा पुग्याे

बार्सिलोनामा श्रद्धाञ्जली कार्यक्रम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक