काठमाडौं । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ।
आयोगले आइतबार विज्ञप्ति जारी गर्दै दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको क्रम निर्धारण गरेको जानकारी दिएको हो।
शुक्रबार राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने अन्तिम दिन थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले भने राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गरेको छैन।
राष्ट्रियसभा अध्यक्षसहित २० पदका लागि माघ ११ गते निर्वाचन हुँदै छ।


