काठमाडौं । वाणिज्य बैंकहरुले पुस महिनाका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा पश्चात् बैंकका ब्याजदर अझै घट्ने विज्ञहरूले बताउँदै आइरहेका थिए ।
नभन्दै मंसिर महिनाको तुलनामा पुसमा २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । तर, दुई वटा बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
वाणिज्य बैंकहरुको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशत विन्दुबाट घटेर ८.९९ प्रतिशतमा झरेको छ । मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो ।


