काठमाडौँ / एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुस्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन्।
पाँचथरको फिदिममा शनिवार आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै उनले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रियाभित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए।
पहिचानवादीले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सिर्जना गर्ने र गरिबी नहट्ने बताए। उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि बताए। उनले मुलुक बनाउने काम एमालेले मात्रै गर्न सक्ने दाबीसमेत गरे।


