बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भूकम्पपीडित त्रिपालमा बस्दै जाडो छल्न आगो ताप्दै

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
भूकम्पपीडित त्रिपालमा बस्दै जाडो छल्न आगो ताप्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

आठबिसकोट, (रुकुमपश्चिम)  । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१२ का ठुलीबार्कुका दृष्टिविहीन खगेन्द्र कामीको घर बस्नै नमिल्ने गरी भूकम्पले चर्किएको छ । भूकम्पपछि त्रिपालमा बस्दै आएका कामीले त्रिपाल र चामल राहत सहयोग पाए पनि जाडो छल्न आगो ताप्दै आउनुभएको छ । सोही वडाका विर्सना पुनमगरलाई पनि हिउँदको जाडोले ज्यानै जान्छ कि भन्ने चिन्ता छ । अस्थायी टहरामा बसेका विर्सनालाई जाडो रात कटाउने चिन्ता हुन्छ ।

आठबिसकोट नगरपालिका–१२ मा ९५० घरधुरी छन्। सो वडामा भूकम्पबाट घर भत्केर तीन जनाको मृत्यु भएको थियो । भूकम्पले भौतिक संरचनाको क्षति बढी नै भएको छ । सरकारी तथा विभिन्न सहयोगी संस्थाले त्रिपाल र खाद्यान्न उपलब्ध गराए पनि रातको जाडो कटाउन न्यानो कपडाको अभाव रहेको छ । आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतले सो वडामा न्यानो कपडा प्रदान गरेको जनाइएको छ ।

पाँच जनाको परिवारसम्मलाई एक सेट र छ जनाभन्दा माथिको परिवारलाई दुई सेट न्यानो कपडा वितरण गरेको बताइन्छ। सो वडामा २६० घरपरिवारलाई न्यानो कपडा वितरण गर्ने लक्ष्य भए पनि ४५० भन्दा बढी परिवारले कम्तीमा एक/एक सेट न्यानो कपडा वितरण गरिएको आइएनएफ नेपाल साइनिङ अस्पताल सुर्खेतका विपत् परियोजना संयोजक शुक्र विकले जानकारी दिनुभयो ।

दृष्टिविहीन खगेन्द्र कामीले भूकम्पपछि पहिलो पटक न्यानो कपडा पाएको बताउनुभयो। कम्मे कुसारीले पुस माघमा अझ बढी जाडो हुने भएकाले सरकारी तथा गैरसरकारी संस्थाबाट न्यानो कपडा उपलब्ध गराउनुपर्ने माग गर्नुभयो । उहाँले भूकम्पबाट बचे पनि न्यानो कपडाको अभावमा जाडोबाटै मर्ने हो कि भन्ने चिन्ता लागेको बताउनुभयो । आठबिसकोट नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले प्राथमिकताका आधारमा प्रभावितलाई खाद्यान्नलगायत न्यानो कपडा उपलब्ध गराइएको बताउनुभयो । आइएनएफ नेपाल साइनिङ अस्पतालका कुष्ठरोग इन्चार्ज उदयनाथ योगीका अनुसार अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच गरिएको छ ।

छिन्चु समाचारदाताका अनुसार नेपाल प्रहरी श्रीमती सङ्घले जाजरकोट भूकम्पबाट पीडितलाई राहत वितरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष लक्ष्मी कुँवरलगायत समितिका पदाधिकारीले जाजरकोट र रुकुमपश्चिम दुवै जिल्लामा पुगेर राहत वितरण गरिएको हो । जाजरकोटको भेरी नगरपालिका–१, राउतगाउँका १२७ घरपरिवारलाई झोला, कापी कलम, थर्मस, ब्ल्याङ्केट, मोजा, ट्राउजर, मन्डी, टोपी स्विटरलगायत सामग्री वितरण गरिएको बताइन्छ । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–१४, छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको जनाइएको छ ।

हुम्ला समाचारदाताका अनुसार खार्पुनाथ गाउँपालिकाले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । कार्यपालिकाको बैठकले भूकम्पपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले जाजरकोट भूकम्पपीडितका लागि तीन लाख रुपियाँ सहयोग गर्ने निर्णय कार्यपालिकाले गरेको जानकारी दिनुभयो । सो सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

हिमाली पारिस्थितिकीय प्रणाली संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक

४३ मिनेट अगाडि
सञ्चारगृहका गेटसामु गाडी तेर्स्याइएको विषयमा छानबिन हुनुपर्ने माग

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

एनपीएलमा सन्दीपकाे ह्याट्रिक

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति दुःख व्यक्त

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक