काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक बसिरहेकाे छ। आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारी र सिट बाँडफाँटबारे छलफल गर्न बैठक बसेकाे हाे।
बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेको विषय समेत छलफलकाे एजेन्डा भएकाे बालुवाटारले स्राेतले जनाएकाे छ।
गत साउन १० गते प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भइ राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक उनले आइतबार सदनसमक्ष नै फिर्ता गरेकी थिइन्। यस्तै, सिट बाँडफाँटका गठित कार्यदललाई आवश्यक सुझाव दिने पनि बताइएकाे छ।

