काठमाडौँ / आजियाटा ग्रुपको स्वामित्वमा रहेको एनसेलको ८० प्रतिशत सेयर अर्को कम्पनीलाई हस्तान्तरण भएकोसम्बन्धी कुनै कागजात कम्पनी रजिष्ट्रार कार्यालयमा पेस नगरेको उक्त कार्यालयले स्पष्ट पारेको छ।
लेखा समितिलाई जवाफ लेख्दै कम्पनी रजिष्ट्रारको कार्यालयले विदेशी होल्डिङ कम्पनीको सेयरको हक हस्तान्तरण गर्दा सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था पालना गर्नुपर्ने पनि स्पष्ट पारेको छ।
कम्पनी रजिष्ट्रार कार्यालयमा कुनै कागजात प्राप्त नभएकाले नेपाल दूरसञ्चार प्राधिकरणसँग कुनै स्वीकृति प्राप्त गरे-नगरेको थाहा नभएको पनि उक्त कार्यालयले लेखा समितिलाई पत्र लेखी जानकारी गराएको छ।
लेखा समितिको बुधबारको बैठकले एनसेलको सेयर हस्तान्तरणसम्बन्धी सबै कारोबार रोक्का गर्न निर्देशन दिइसकेको छैन।


