बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कर परीक्षणले जोगियो छब्बिस अर्ब

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
कर परीक्षणले जोगियो छब्बिस अर्ब
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । करदाताले बुझाएको कर विवरणको पूर्ण परीक्षण गर्दा सरकारले प्राप्त गर्नुपर्ने २६ अर्ब रुपियाँभन्दा बढी कर नोक्सान हुनबाट जोगिएको छ । गत आर्थिक वर्ष २०७९/८० मा त्यसरी पूर्ण कर परीक्षण गर्दा २६ अर्ब ६० करोड रुपियाँ नोक्सानी घटेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी नोक्सानी घटाइएको विभागले जनाएको छ ।

गत आवमा विभागले पूर्ण कर परीक्षणमार्फत १५ अर्ब ५० करोड रुपियाँ नोक्सानी घटाउने लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा ११ अर्ब रुपियाँ बढी कर नोक्सान हुनबाट जोगिएको विभागको प्रतिवेदनमा उल्लेख छ ।

गत आवमा विभागले छ हजार ५३९ वटा कर विवरणको पूर्ण परीक्षण गर्ने लक्ष्य लिएको थियो । जसमध्ये चार हजार दुई सय नयाँ र बक्यौता रहेको पुरानो दुई हजार ३३९ वटा विवरणको परीक्षण गर्ने विभागको लक्ष्य थियो । यसमध्ये पाँच हजार २७६ वटा विवरणको मात्र परीक्षण हुन सकेको विभागले जनाएको छ ।

विभिन्न कर शीर्षकमध्ये विभागले आय कर निर्धारणतर्फ १० अर्ब ५० करोड आय कर निर्धारण गर्ने लक्ष्य राखेकामा १५ अर्ब ३२ करोड रुपियाँ आयकर निर्धारण गरेको छ । त्यस्तै दुई अर्ब ७५ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा चार अर्ब २१ करोड रुपियाँ कर निर्धारण भएको छ । अन्तःशुल्कतर्फ १२ करोड ५० लाख रुपियाँ निर्धारण गर्ने लक्ष्य रहेकामा ३३ करोड ६२ लाख रुपियाँ निर्धारण भएको विभागको तथ्याङ्क छ ।

यसरी पूर्ण कर परीक्षण गर्दा कर विवरणमध्ये प्रतिकरदाता औसत एक करोड ५६ लाख रुपियाँ नोक्सानी घटेको हिसाब छ । आयकरतर्फ पूर्ण कर परीक्षणपश्चात् प्रतिकरदाता औसतमा २७ लाख छ हजार, मूल्य अभिवृद्धि करतर्फ प्रतिकरदाता औसतमा पाँच लाख ६९ हजार र अन्तःशुल्कतर्फ प्रतिकरदाता २२ हजार रुपियाँ कर निर्धारण भएको पनि विभागले जनाएको छ ।

पूर्ण कर परीक्षणबाहेक कर परीक्षणबाट पनि विभागले कर नोक्सानी घटाएको उल्लेख गरेको छ । विभागका अनुसार गत आवमा सात सय करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा ६८२ करदाताको कर परीक्षण सम्पन्न भएको थियो । जसबाट ५१ करोड मूल्य अभिवृद्धि कर निर्धारण गर्ने लक्ष्य रहेकामा ५९ करोड २८ लाख कर निर्धारण भएको तथ्याङ्क छ ।

त्यस्तै अग्रिम कर कट्टी परीक्षणतर्फ दुई हजार ५५० करदाताको कर परीक्षण गर्ने लक्ष्य रहेकामा दुई हजार ५१८ वटा कर परीक्षण भएको पनि विभागले उल्लेख गरेको छ । अग्रिम कर कट्टीतर्फ गत आवमा परीक्षणबाट एक अर्ब चार करोड रुपियाँ माग हुन सफल भएको विभागले जनाएको छ ।

विभागले गरेको बजार अनुगमनका कारण पनि राजस्व केही थप भएको छ । गत आवमा १८ हजार करदाताको स्थल अनुगमन गर्ने लक्ष्य रहेकामा १८ हजार ९९५ करदाताको बजार अनुगमन भई विभागले दुई करोड ६८ लाख जरिबाना निर्धारण गरेको छ ।

विभाग अन्तर्गतका ठुला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयका लागि पाँच वटा समूह परीक्षण गर्ने लक्ष्य राखेकामा विभागले गत आवमा दुई वटा मात्र समूह परीक्षण गरेको छ ।

यस्तो समूह परीक्षणबाट दुई लाख ९७ हजार मूल्य अभिवृद्धि कर र ८२ लाख ३६ हजार आयकर निर्धारण भएको विभागले जनाएको छ । करदाताले बुझाएको कर विवरणमा चित्त नबुझे अथवा शङ्का लागेमा विभागले कर परीक्षण गर्छ । आवश्यकता अनुसार कर परीक्षण तथा पूर्ण कर परीक्षण विधि, समूह कर परीक्षण विधिमार्फत विभागले कर निर्धारण गर्छ । गाेरखापत्र

यो पनि पढ्नुहोस्

घोप्टेभिर सडक एकतर्फी सञ्चालनमा ल्याइयाे

घोप्टेभिर सडक एकतर्फी सञ्चालनमा ल्याइयाे

२३ मिनेट अगाडि
तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

३८ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

बाढीपहिरो पिडितका लागि अस्ट्रेलियामा ६० हजार अस्ट्रेलियन डलर सहयोग हस्तान्तरण

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक