बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म हवाई मार्ग भएर नौ लाख १८ हजार ३०८ पर्यटक नेपाल प्रवेश गरेका छन् ।

बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सरकारले सन् २०२३ मा १० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएकोमा नोभेम्बरमा एक लाख आठ हजार ६३० जना पर्यटक नेपाल भित्रिएसँगै सरकारको लक्ष्य नाघ्ने अपेक्षा गरिएको छ ।

उहाँले भन्नुभयो, “सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२१ को सोही अवधिमा २६ हजार १३५ पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीपछि समान्य बनिरहेको पर्यटन क्षेत्रमा पर्यटनको बढ्दो आगमनले सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य भेट्ने अपेक्षा गरिएको छ ।”

कोरोना महामारीअघि सन् २०२० मा एक हजार ९५६ र २०१९ मा एक लाख ३० हजार ३०२ पर्यटक नेपाल भित्रिएको उहाँले बताउनुभयो । डिसेम्बरमा पनि एक लाखको हाराहारीमा पर्यटन भित्रिने उहाँको दाबी छ । त्यस्तै विभिन्न सीमानाकाबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा समेत सुधार हुँदै आएकाले १० लाख पर्यटक भित्रिने उहाँको विश्वास छ ।

बोर्डका अनुसार नोभेम्बरमा सबैभन्दा बढी भारतबाट २४ हजार ४४३, अमेरिकाबाट ११ हजार ४६१, चीनबाट सात हजार ६०१, बेलायतबाट छ हजार १३८, अस्ट्रेलियाबाट पाँच हजार ६०, थाइल्यान्डबाट तीन हजार ९६२, बङ्गलादेशबाट तीन हजार ७६१, जर्मनीबाट तीन हजार ५१२, श्रीलङ्काबाट तीन हजार २२८ र फ्रान्सबाट तीन हजार २०५ पर्यटक नेपाल भित्रिएका छन् ।

यो पनि पढ्नुहोस्

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

८ मिनेट अगाडि
चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

२१ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

चिसापानी गढीमा गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु

तिर्थमान महर्जनको जितः जक म्यूजिक भिडियो सार्वजनिक

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक