काठमाडौं, मङ्सिर १५ गते । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आगामी माघ ११ गते हुने निर्वाचनका लागि शुक्रबार आयोगले यही मङ्सिर अन्तिम साता दल दर्ता गर्ने तालिका रहेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनमा भाग लिने दलहरुलाई मङ्सिर २४ देखि २९ गतेसम्म दल दर्ताको समय तोकिएको जानकारी दिए ।
राष्ट्रियसभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन तय भएको छ । सरकारले निर्वाचनको मिति तोकेसँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको छ ।


