आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देउवातन्त्र, ओलीतन्त्र र प्रचण्डतन्त्रले सिध्यायो गणतन्त्र !

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा केही दशकयता मुख्य तीन पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र छन् । यिनै पार्टीहरु नै क्रमशः सरकारको नेतृत्व तहमा छन् । हालसम्म यिनै पार्टीले पटकपटक गरेर सरकारको नेतृत्व गरिसकेका छन् । तर, यिनै राजनीतिक दलका नेतृत्वका कारण पछिल्लो समय ल्याइएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था भने जोखिममा परेको छ । विधिको शासन कायम र आर्थिक समृद्धिको बेलाबेलामा सपना देखाएर पनि पूरा गर्न नसकेका कारण यी राजनीतिक दलका नेतृत्वप्रति जनताको वितृष्णा बढ्दै गएको हो ।

देशमा लोकतन्त्र र गणतन्त्र व्यवस्था भए पनि राजनीतिक दलमा भने नेताहरुको एकलौटी शासन देखिन्छ । अझ भन्नुपर्दा नेपालका राजनीतिक दलहरुमा अहिलेसम्म लोकतन्त्र आउन सकेको छैन । अहिले पनि नेतृत्व तहलाई हरेक निर्णयका लागि जिम्मेवारी सुम्पने र नेतृत्वको तोकआदेशका भरमा पदाधिकारी चयन हुने चलन कायम नै छ । नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा, नेकपा एमालेमा केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल प्रचण्डको नै एकलौटी शासन लामो समयदेखि चल्दै आएको छ । कांग्रेसका हालका सभापति शेरबहादुर देउवा लामो समयदेखि कांग्रेसको उच्च तहमा रहेर नेतृत्व गरिसेकका नेता हुन् । उनी पछिल्लो समय मात्र दुई पटक पार्टीको सभापति भइसकेका छन् ।

दोस्रो पटक सभापति भएको पनि दुई वर्ष बित्न लाग्दा पनि उनको कार्यशैली भने पुरानै छ । कांग्रेसको आकार, प्रकार र अवस्था फेरिएको छ तर संगठन चलाउने तौरतरिकामा कुनै परिवर्तन आएको छैन । महाधिवेशन पछिका वर्षमा कांग्रेसमा नीतिमा पनि स्पष्टता आउन नसकेको आलोचना हुने गरेको छ । यस्तै, विधि, विधान र थिति बस्ने, बसाउने काम पनि हुन सकेको छैन । पार्टीमा युवा नेताको आगमन भए पनि उनीहरुले जिम्मेवारी काम देखाउने मौका पाएका छैनन् । अझै पुरानै पुस्ता हाबी छ । यो समस्या कांग्रेसमा मात्र नभई एमाले र माओवादीमा पनि उस्तै छ ।

एमालेमा लामो समयदेखि अध्यक्ष ओलीले नेतृत्व गरिरहेका छन् । ओलीकै नेतृत्वमा माओवादीसँगको गठबन्धनमा अघिल्लो चुनावमा एमालेले बहुमत हासिल गरेको थियो । त्यसपछि माओवादीसँग एकीकरण भई ठूलो वामशक्ति नेकपा पनि निर्माण भयो । तर, त्यो धेरै दिनसम्म टिक्न सकेन । पछिल्लो चुनावमा एमाले दोस्रो स्थानमा छ भने केन्द्रदेखि प्रदेशसम्म सत्ताबाहिर छ । देशको वर्तमान अवस्था हुनुमा एमाले र यसको नेतृत्व ओली पनि जिम्मेवार रहेको जनमत छ । तर, ओली अझै पनि एमालेको नेतृत्व छाड्ने मनसायमा छैनन् । माओवादीमा पनि तीन दशकदेखि प्रचण्डले नै नेतृत्व गरिरहेका छन् ।

ऐतिहासिक जनयुद्धदेखि माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र पहिलो संविधानसभा चुनावमा माओवादीलाई पहिलो पार्टी बनाउने श्रेय प्रचण्डलाई जान्छ । तर, हालसम्म आइपुग्दा माओवादीको अवस्था दयनीय बनेको छ । पछिल्लो चुनावमा तेस्रो स्थानमा खुम्चिएको माओवादीप्रति जनताको वितृष्णा चरम रुपमा छ र यसको जिम्मेवार पनि उनी प्रचण्ड हुन् । तर, उनी पनि नेतृत्व छाड्न तयार छैनन् । नेपालको राजनीतिक दलमा कुनै व्यक्तिले लामो समयसम्म नेतृत्वलाई ओगटिरहने र सुशासन तथा विकास दिन नसक्ने प्रवृत्तिका कारण गणतन्त्रात्मक व्यवस्था नै जोखिममा परेको छ, आगे गणतंत्रबादी आवरणका साम्राज्यबादका दलाल सामन्त नेताहरुलाई चेतना भया !  जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

४८ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक