काठमाडौं । काठमाडौं महानगरपालिका-३१ ओम कारेश्वर मन्दिर नजिक डेरा गरी बस्ने धनकुटा धनकुटा नगरालिका-३ घर भएका २६ वर्षीय निश्चल राई आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, महालक्ष्मी नगरपालिका-४ बोझेपोखरी डेरा गरी बस्ने रामेछाप खांडादेबी गाउँपालिका-१ घर भएका ४१ वर्षीय कुमार श्रेष्ठ आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-६ गोलाङ बस्ने चितवन घर भएकी ३४ वर्षीया सुकमाया गोले सोही ठाउँस्थित धारामा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सप्तरी, राजबिराज नगरपालिका-१५ मुसहरनियास्थित कोशी नहरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ७० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।