शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सूचनालाई नियन्त्रण गर्ने निर्णयबाट पछि हट्याे सरकार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट भएका हालसम्मका अधिकांश अध्ययन प्रतिवेदनले तल्ला कक्षाका तुलनामा माथिल्ला कक्षाका उपलब्धि झन् कमजोर रहेको देखाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको उक्त केन्द्रका अध्ययनले विद्यालय तहका विद्यार्थीको समग्र सिकाइ उपलब्धि निम्सरो देखाएको छ । अध्ययनले कक्षा ३ र ५ को तुलनामा कक्षा ८ मा उपलब्धि कम भएको देखिएको छ ।

गणित र विज्ञान विषयमा उपलब्धि अन्य विषयका तुलनामा झन् कमजोर पनि देखिएको छ । ती अध्ययनले विद्यार्थीको समग्र उपलब्धि कमजोर हुनुलाई विशेष चासो र चिन्ताका साथ उठाएको केन्द्रका महानिर्देशक चन्द्रकान्त भुसालले बताउनुभयो । उहाँले विद्यार्थीको ठूलो सङ्ख्याको सिकाइस्तर सम्बन्धित कक्षाको तहभन्दा तल तथा अपेक्षित पाठ्यक्रम र प्राप्त पाठ्यक्रमबीचमा ठूलो खाडल देखिएको पाइएको जनाउनुभयो ।

केन्द्र स्थापनाको १५ वर्षमा हालसम्म १३ वटा राष्ट्रिय उपलब्धि परीक्षण सम्पन्न भइसकेका छन् । “नेपालका सन्दर्भमा उच्च उपलब्धि हासिल गर्ने समूह अत्यन्त सानो छ । यस्तो कमजोर सिकाइ अवस्थाको खाडललाई कम गर्न विशेष प्रयत्न नभएको अवस्थामा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष प्रभाव पार्ने स्वतः सिद्ध छ”, केन्द्रबाट प्रकाशित वार्षिक प्रतिवेदन, २०७९र०८० मा भनिएको छ, “खासगरी भाषिक सीपले ग्रहणशीलता र उत्पादनशीलता दुवै प्रभावित हुन्छन्, फलस्वरूप जुनसुकै विषयको सिकाइ सम्भावनालाई कुण्ठित गर्न सक्छ ।”

प्रतिवेदनले गणितको पाठ्यक्रम तल्लो कक्षाको सिकाइले बन्ने अवधारणाको जगमा निर्मित हुने भएकाले तल्लो खुड्किलामा भरलाग्ने गरी वा बलियोसँग टेक्न नसक्दा माथिल्लो खुड्किलामा चढ्ने तागत कमजोर हुन जाने हुँदा माथिल्लो कक्षाको सिकाइमा प्रत्यक्ष र गम्भीर प्रभाव पार्न सक्ने भनेको छ । यस्तै प्रदेशबीचको सिकाइ उपलब्धि तथा विद्यालय प्रकारअनुसार ठूलो असमानता देखिएको छ । विद्यार्थीको शैक्षिक उपलब्धि र सामाजिक–आर्थिक स्थितिबीचको सम्बन्ध महत्त्वपूर्ण रहेको छ ।

प्रतिवेदनले विशेष प्रयत्न हुन नसकेमा सिकाइ विद्यार्थीको उपलब्धि कमजोर हुँदै जाने, पढाइमा रुचि र आत्मविश्वास गुमाउने, असफलतामा पुग्न बाध्य हुने वा बीचैमा कक्षा छाड्ने जस्ता जोखिम देखिने औँल्याएको छ । विद्यार्थीले पढाइ पूरा गरिहाले पनि माथिल्लो कक्षामा आफूले पढ्न पाउने विषय रोज्ने सम्भावना साँघुरो हुने र अन्ततःआफ्ना जीवनका सम्भावना नै कुण्ठित हुनसक्ने जोखिम देखिन्छ ।

केन्द्रले कक्षा, ५, ८ र १० को अङ्ग्रेजी, गणित, नेपाली र विज्ञान गरी चार विषयको विद्यार्थी उपलब्धिको स्तर परीक्षण र अन्य पढाइ र सीपगत परीक्षण गर्दै आएको छ । केन्द्रबाट ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित परीक्षण’, विद्यालयको कार्यसम्पादन परीक्षण र विभिन्न निकायबाट सञ्चालित शैक्षिक कार्यक्रमका परीक्षण, सबैका लागि शिक्षा शिशु विकास कार्यक्रमअन्तर्गत युनिसेफको आर्थिक सहयोगमा प्रारम्भिक बालविकास केन्द्रका बालबालिकाको सिकाइ र विकासस्तर तथा बालविकास केन्द्रको कार्यसम्पादन परीक्षण हुँदै आएको छ ।

विद्यालयको कार्यसम्पादन परीक्षणमा सरदर ८२ प्रतिशत विद्यालयले ४० अङ्कको हाराहारी वा ७० अङ्कसम्म समान्यस्तर हासिल गरेका केन्द्रका महानिर्देशक भुसालले बताउनुभयो । सरदर १६ प्रतिशत विद्यालयले ९० अङ्कसम्म प्राप्त गरेर मध्यमस्तरको कार्यसम्पादन गरेका छन् । सरदर दुई प्रतिशत विद्यालयले ४० प्रतिशत अङ्क प्राप्त गर्न नसकी कमजोरस्तरमा दर्ज भएका उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार देशभरमा हालसम्म सात विद्यालयमात्र ९० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क ल्याई उच्चस्तरको कार्यसम्पादन श्रेणीमा आफूलाई चिनाउन सकेका छन् ।

केन्द्रबाट आर्थिक वर्ष २०७९र८० का लागि स्वीकृत कार्यक्रम तथा बजेटबाट सम्भव नभएकाले नमुना परीक्षण विधिबाट दुई सय ८० वटा बालविकास केन्द्र र विद्यालय परीक्षणका लागि छनोट गरिएका थिए । छनोटमा परेका बालविकास केन्द्र इलाम, खोटाङ, मोरङ, सुनसरी, पर्सा, रौतहट, सर्लाही, चितवन, काठमाडौँ, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बागलुङ, गोरखा, कास्की, म्याग्दी, नवलपरासी पूर्व, बाँके, दाङ, पाल्पा, रूपन्देही, दैलेख, जाजरकोट, जुम्ला, रूकुम पश्चिम, सुर्खेत, अछाम, बैतडी, डोटी र कैलाली गरी ३० जिल्लाका छन् । ती बालविकास केन्द्रमा परीक्षक प्रत्यक्षरूपमा उपस्थित भई छनोटमा परेका १५ बालबालिकाको विवरण सङ्कलन गरिएको थियो ।

नेपालमा विद्यार्थीको सिकाइ उपलब्धिस्तरको परीक्षण तथा शैक्षिक निकाय एवं शिक्षण संस्थाको कार्यसम्पादन परीक्षण गर्नका लागि विद्यालय सुधार योजना, २०६६–२०७२ ले अलग्गै निकायको परिकल्पना गरेपछि विसं २०६६ कात्तिकमा सो केन्द्र ९इआरओ० को स्थापना भएको हो । रासस

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

१० घण्टा अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

विश्वकपमा कोलम्बिया अन्तिम १६ मा प्रवेश

ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६ प्रारम्भ

केप भडेलाई ३–२ गोलले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश

साहित्यकार प्रशान्त महासागरकाे पुस्तक बिमाेचन हुने

भू-माफियाले कब्जा गरेकाे सार्वजनिक जग्गा जोगाउन हारगुहार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक