वीरगञ्ज / रौतहटमा एक युवतीको शव फेला परेको छ।
शनिबार दिउँसो राजपुर नगरपालिका–९ स्थित लाल बैरिया खोलाको पश्चिम बाँधको बाटोमा युवतीको शव फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी २०/२२ वर्षीया युवतीको शव फेला परेको र उनको परिचय हालसम्म खुल्न नसकेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले जानकारी दिए।
शवलाई प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए।


