वीरगञ्ज / रौतहटमा निर्माणाधीन पुलमुनि शुक्रबार एक अज्ञात युवकको शब फेला परेको छ। बिहान पौने १२ बजे यमुनामाई गाउँपालिका–४ झाझपुलस्थित बन्दै गरेको नयाँ पुलको पिलरको गोलोरिङ भित्र पानीमा शब फेला परेको प्रहरीले जनाएको छ।
अन्दाजी २०/२२ बर्षको युवकको शब फेला परेको तथा उनको परिचय हालसम्म खुल्न नसकेको रौतहटका प्रहरी प्रबक्ता डिएसपी दामोदर केसीले जानकारी दिए। शवलाई प्रादेशिक अस्पताल गौर रौतहटमा सुरक्षित साथ राखिएको उनले बताए ।


