काठमाडाैं । देशको राजनीतिलाई जनता र राष्ट्रका हितमा मूलधारका संसदबादी राजनीतिक शक्तिहरुले मूल्य मान्यतामा रहेर सही ढंगले पटक्कै परिचालन नगरी यसलाई केवल संकीर्ण सत्ता स्वार्थका लागि मागि खाने र भ्रष्टाचारको भाँडो बनाएकोले देशमा ब्यापक बिकृति र बिसगति ब्याप्त भएको, नेपाली जनता बिचको सामाजिक सद्भाब नराम्रोसंग खल्बलिएको, अर्थतन्त्र डामाडोल भएर नाजुक अबस्थाबाट गुज्रिरहेको तथा बिदेशी हस्तक्षेप अझ तीब्र बनेको र समग्रमा देश र जनता भयावह संकटको भुवरीमा परिरहेको आजको अत्यन्तै अबाञ्छित र अस्वीकार्य स्थिति बिकसित भएको छ ।
देश र जनता यसरी स्थापित र बिस्थापित संसदबादी दलहरुको भ्रष्ट गोल चक्करमा परेर उद्वेलित भइरहेको बेला त्यसलाई ढाकछोप गर्न र यथास्थितिलाई कायम राखेर फेरि पनि देश र जनतालई यथास्थितिको अँध्यारोमै अल्मल्याउन र प्रतिगमनको बाटो लाग्न जुन कथित शक्ति प्रदर्शन गर्ने गतिबिधि भइरहेका छ त्यसप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
परिबर्तनकारी नेपाली जन आन्दोलनका सीमित उपलब्धीहरुलाई पनि समाप्त पार्ने र देश र जनतालाई अधोगामी दिशामा धकेल्ने जुन षडयन्त्र भइरहेको छ त्यसका बिरुद्ध सम्पूर्ण क्रान्तिकारी, जनवादी,प्रगतिशील देशभक्त शक्ति, दल, समूह र ब्यक्ति समेत गम्भीररुपमा संबेदनशील र एकजुट भएर संघर्षरत हुनु आजको सर्बोपरी आवश्यकता बनेको नेपाल कम्युनिष्ट पार्टी हार्दिक आग्रह गर्दछन ।
यसरी मात्र देश र जनताकाो रक्षा गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीबिकाका समस्या हल गर्दै तिनलाई शतत अक्षुण्ण र जीवन्त राख्न सकिन्छ भन्ने कुरा पुन नेपाल कम्युनिष्ट पार्टी दोहोर्याउछ ।


