बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदपूर्तिका लागि चुनाव हुने

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सङ्घीय सदनको बैठक बस्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । प्रत्येक दुई वर्षमा रिक्त हुने राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदपूर्तिका लागि माघ ११ गते चुनाव हुने भएको छ।

निर्वाचन आयोगले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको परामर्श अनुसार सरकारले माघ ११ गते नै चुनावका मिति तोकिने भएको हो। कानुन व्यवस्थाअनुसार चुनावको मिति आयोगको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ।

बिहीबार प्रधानमन्त्रीलाई आयोगका पदाधिकारीले भेटेर माघ ११ गतेको मिति सुझाएकोमा त्यहीँ दिन चुनाव गर्ने गरी मिति घोषणा हुने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले दिए।

उनले भने, ‘आयोगका सम्पूर्ण पदाधिकारीबाट सिंहदरबारमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष निर्वाचनको मिति तोक्ने सम्बन्धमा परामर्श उपलब्ध गराइएको थियो। उक्त अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल सरकार मन्त्रिपरिषदबाट आयोगले परामर्श दिएको मितिमा नै निर्वाचन गर्ने गरी निर्णय हुने व्यहोरा जानकारी गराउनु भएको थियो।’

राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना सदस्यको मिति आउँदो फागुन २० गते सकिँदैछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार कार्यकाल सकिनुभन्दा ३५ दिन अगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था छ। त्यहीअनुसार आयोगले माघ ११ गते चुनाव गर्न परामर्श दिएको प्रवक्ता पौडेलले जानकारी दिए।

मतभार बढ्यो

यसपटको चुनावमा निर्वाचन आयोगले २०७८ सालको जनगणनालाई आधार मानेर मतभार बढाएको छ। राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्षले मत दिनुपर्ने छ।

यसपटक आयोग प्रदेशसभा सदस्यका लागि ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको लागि १९ मतभार कायम गरेको छ। यसअघि प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षको मतभार १८ थियो।

कसकसको पदावधि सकिँदै छ?

आउँदा फागुन २० कार्यकाल सकिन लागेकामा एमालेका आठ, कांग्रेसका चार, माओवादी केन्द्रका तीन, एकीकृत समाजवादीका दुई तथा जसपा, स्वतन्त्र र मनोनीत एक–एकजना छन्।

एमालेबाट निर्वाचित भएर राष्ट्रियसभाको अध्यक्ष बनेका गणेश तिमिल्सिनाको पनि ६ वर्षे कार्यकाल सकिँदैछ। उनले २०७४ सालमा गोलाप्रथाबाट ६ वर्षे कार्यकाल पाएका थिए। उनीसँगै एमालेबाट निर्वाचित आठ जनाको पदावधि सकिन लागेको हो। तिमिल्सिनासँगै एमालेका सांसदहरु इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौंदी, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राईको कार्यकाल सकिँदै छ।

नेपाली कांग्रेसबाट निर्वाचित अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझीको कार्यकाल पनि फागुन २० मा समाप्त हुँदैछ।

माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरीको कार्यकाल सकिँदै छ।

एकीकृत समाजवादीका नन्दा चपाइँ र सिङ्गबहादुर विश्वकर्मा, समाजवादी समर्थित स्वतन्त्र सांसद डा. खिमलाल देवकोटाको पनि कार्यकाल सकिँदैछ। जसपाका प्रमिला कुमारीको पनि कार्यकाल सकिँदै छ।

सरकारको सिफारिसमा मनोनित डा. विमला पौड्यालको कार्यकाल पनि सकिँदैछ।

तीमध्ये दसौंदी र डा देवकोटा भने रामबहादुर थापा र खिमलाल भट्टराईले राजीनामा दिएपछि गत माघ २५ गते बाँकी अवधिका लागि उपनिर्वाचनबाट निर्वाचित भएका हुन्।
अहिलेको सत्ता गठबन्ध एक ठाउँमा रहेमा परिणाम उनीहरुको पक्षमा आउने प्रवल संभावना छ।

यो पनि पढ्नुहोस्

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

देउवा समूहकाे मंसिरमा १५औँ महाधिवेशन

४ दिन अगाडि
विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

विनोद चौधरीविरुद्ध अदालतमा रिट दायर

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

गाउँले गाउँले भरिएको यो हाम्रो देश कुन बेला शहर पस्यो पत्तै भएन सार्वजनिक म्यूजिक भिडियाे सहित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक