मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

चीन–अमेरिकी सम्बन्धमा शी–बाइडेन पछिल्लो बार्ता : एक चर्चा

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
लाेक नारायण सुवेदी
बिश्वका दुइ ठूला महाशक्ति राष्ट्रहरु अमेरिका र चीनका राष्ट्रपतिद्वय जो बाइडेन र शी जिनपिङका बीच अमेरिकाको सन फ्रान्सिस्कोमा गएको नोभेम्बर १५ मा महत्वपूर्ण भेटघाट भएको छ । सेनास्तरीय बार्तालाई पुन स्थापना गर्ने र आर्टिफिशियल इण्टेलिजेन्स,  ब्यापरिक बस्तुहरुको प्रतिबन्ध, अनि जलवायु परिबर्तन बार्ता नबिकरण जस्ता बिषयमा अन्तरसरकारी बार्तालाई पनि अघि बढाइने सहमति बनेको बताइएको छ । यसले दुइ देशको तनाव कम हुने र बिकासको गतिरोध हट्ने तथा त्यसले बिश्वब्यापी सकारात्मक प्रभाव पार्ने पनि जनाइएको छ ।
हुन त बिश्वका जानेमानेका कतिपय राजनीतिक पर्यबेक्षक र बिश्लेषकहरु अमेरिकी बिदेश नीति उसको राष्ट्रिय हित र अब्यवहारिक आदर्शबादको बिचित्रको मिश्रण हो भन्ने गर्दछन् भने चीन पनि माओबादी साम्यबाद र कथित बिस्तारबादी आकांक्षाले नराम्रोसँग अभिशप्त छन् भन्ने खोट देखाउने गर्दछन् । निश्चय नै अमेरिका र चीनका बीच बैचारिक र नीतिगत अनेक क्षेत्रमा थुप्रै असमानताहरु छन् नै । त्यसले गर्दा दुइ देशका बीच सम्बन्धलाई सामान्य राख्न पनि कुनै ठूलो चूनौतिभन्दा कम मानिदैन । अनि यी दुबै देशका बीचको सम्वन्धको प्रभाव यति गहिरो छ कि त्यसलाई बर्तमान चलिरहेको रुस–यूक्रेन युद्धदेखि लिएर अहिले इजरायले पेलेस्टिनीहरुमाथि मच्चाएको नरसंहारसम्मका नृशंश घटनाहरु यसको प्रभाव रहेको देख्न सकिन्छ भन्ने बिश्लषकहरु औंल्याउँदछन् ।
चीनलाई आफ्नो बिदेश नीतिमा बिश्वास छ भनिन्छ भने चीन बिश्वको एउटा महाशक्ति भएकोले उसले त्यस अनुसारको भूमिका निर्बहन गर्नु नै पर्दछ । अर्कोतिर अमेरिकी राष्ट्रपति जो बाइडेनले खुल्लारुपमा भनिसकेका छन् कि अमेरिका अरु कुनै देशको तुलनामा आज चीनको सामना गर्न सबैभन्दा बढी सबल किसिमले खडा छ । उनले के पनि भनेका छन् भने अमेरिकी हित र उसका सहयोगी देशहरुको समेत फाइदाका कुरा हुन्छ भने अमेरिका चीनसग मिलेर काम गर्न प्रतिबद्ध छ । यथार्थतः सन फ्रान्सिस्कोम एशिया–प्रशान्त आर्थिक सहकार्यको मञ्चमा बाइडेन र शी जिनपिङको बहु प्रतिक्षित भेटबार्ता त भयो तर त्यस पछि पनि दुइ देशको परस्पर सम्वन्धमा सकारात्मक सम्भावनाहरुभन्दा बढी सन्देह र अबिश्वास नै गहिरो रहेको देखिन्छ ।
हुन पनि बिश्व नेताको बैठकको लगत्तै बाइडेनले शीलाई ‘तानाशाह’ भनेर उनको मनमा रहेको इरादालाई खुलस्त पारिदिए कि उनले आउँदा दिनमा पनि चीनको बिरोध गर्दै रहने छन् । चाखलाग्दो र उल्लेखनीय कुरा के छ भने एशिया–प्रशान्त क्षेत्रलाई लिएर झण्डै एक दशक जति पहिला पूर्ब राष्ट्रपति बाराक ओबामाले जुन नीतिमा काम गर्न शुरु गरेका थिए, बाइडेनले त्यस नीतिलाई अगाडि बढाउन चाहिरहेका छन् । त्यसैले पनि त्यस क्षेत्रमा चीनका चूनौतिहिरु निकै बढ्दै गइरहेका छन् र तिनलाइर्ब सन्तुलित तुल्याउन अमेरिकी हितका लागि एकदमै आवश्यक रहेको पश्चिमाहरु औल्याउने गर्दै आएका छन् । उनीहरु भन्दछन् – त्यो क्षेत्रमा शीको भूमिका आक्रामक रहदै आएको छ जुन कुरा अमेरिकाका लागि कत्ति पनि सैह्य रहेको छैन ।
राष्ट्रपति जो बाइडेनले आफ्नो राजनीतिक जीवनको ठूलो भाग एशियामा नै गुजारेका छन् र चिनयाँ नीतसँग उनी भलिभाती जानकार छन् भनिन्छ । एपेकको माध्यमबाट अमेरिका एउटा स्वतन्त्र, निष्पक्ष र खुल्ला आर्थिक नीतिको एजेण्डालाई अघि बढाउन चाहन्छ जसले गर्दा अमेरिकालाई ब्यापक आर्थिक लाभ मिल्न सकोस् । यो एपेक यस्तो एउटा आर्थिक समूह हो जसमा बिश्व जनसंख्याको झण्डै झण्डै ४० प्रतिशत तथा झण्डै ३ अर्ब(३बिलियन) मानिस र बिश्व ब्यापारको झण्डै ५० प्रतिशत हिस्सा पर्दछ । यो एपेकका सदस्य देशहरुसँँग अमेरिकाको गहिरो आर्थिक हित छ र यो क्षेत्र अमेरिकी माल निर्यातको केन्द्र पनि हुन् । ती सदस्य देशहरुम अमेरिका र चीनसँग केही यस्ता देश पनि छन् जससँग चीनको बिबाद छ र अमेरिका चीनलाई दबाउनका लागि तिनलाई प्रश्रय पनि ददै आएको छ । हुन पनि अस्ट्रेलिया, फिलिपिन्स, इण्डोनेशिया, मलेशिया, भियतनाम, सिंगापुर, जापान, दक्षिण कोरिया, क्यानाडा, ताइवेन र हङ्गकङ्गसँग चीनको सम्बन्ध सामान्य रहेको छैन । अनि यी प्राय सबै देशहरु अमेरिकाका आर्थिक र सामरिक सहयोगी देश मानिन्छन् । एशिया–प्रशान्त आर्थिक सहयोगको स्थापना १९८९ मा सदस्य देशहरु या अर्थब्यवस्थाहरुका बीच शतत बिकास र अझ राम्रो आर्थिक सम्बन्धलाई बढावा दिनका लागि एक क्षेत्रीय आर्थिक मञ्चकोरुपमा गरिएको थियो । यसको लक्ष्य बस्तुहरु, सेवाहरु र पूँजी तथा प्रौद्योगिकीको प्रबाहलाई प्रोत्साहित गरेर सदस्यहरुका बीच आर्थिक तथा प्राबिधिक सहयोगलाई बढावा दिने, एक उदारिकृत ब्यापार र लगानी ब्यबस्था बिकसित गर्ने, नीजी लगानीलाई प्रोत्साहित गरर्ने तथा खुल्ला क्षेत्रबादको समर्थन गर्ने रहेको उल्लेख छ । हुन त चीन आर्थिक र सामरिक हितहरुका लागि एपेकका देशहरुको निम्ति सामरिक समस्याहरुलाई निरन्तर बढाइरहेको छ । यी सबै कुराका बीच अमेरिकाको चिन्ता ल्याटिन अमेरिकामा चीनके बढ्दो सहभागित पनि हो । झण्डै डेढ दशकदेखि चीनको ल्याटिन अमेरिका तथ अफ्रिकी देशहरुमा सहायता कूटनीतिले अमेरिकी हितमाथि गहिरो चूनौति प्रस्तुत गरिरहेको छ । त्यसै कारणले चीनलाई एशियासम्ममै सीमित राख्नका लागि बाराक ओमाबाले एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी साझेदारीहरु बढाउने नीतिमा काम गर्न शुरु गरेको थियो ।
अमेरिकी लडाकु बिमान र सैन्य बलहरुकओ उत्तरी अष्ट्रेलियमा तैनाथीकासथ ओबामले के पनि प्रष्ट पारेका थिए भने २१औं शताब्दीमा एशिया–प्रशान्त क्षेत्रको भबिष्यम अमेरिकाले अहं भूमिक निर्बहन गर्ने छ । अमेरिक प्रशासनले एशियाका  बिभिन्न स्थानमा अमेरिक हितहरुलाई सबल तुल्याउनका लागि अमेरिकी प्रशासनले क्षेत्रीय रणनीतिलाई अघि बढाये । जसमा दुइ पक्षीय सुरक्षा गठबन्धनलाई सुदृढ तुल्याउने, ब्यापक आधार भएको सैन्य उपस्थिति निर्माण गर्ने तथा लोकतन्त्र र मानबाधिकरका कुराहरुलाई प्रश्रय दिने कुरा शामेल थियो । अमेरिकाले भियतनाम, अष्ट्रेलिया र फिलिपिन्ससँग सैनिक सम्बन्ध बढायो लाओसलाई मद्दत गर्यो अनि जापान र दक्षिण कोरियासँगको सम्बन्धलाई अझ बलियो तुल्यायो ।
हिन्द–प्रशान्त क्षेत्रका कतिपय देशहरु पनि चीनको कथित अबैधानिक दाबासँग असन्तुष्ट र हैरान रहेको पनि पश्चिमाहरुको लगातारको कथन छ । हुन पनि त्यो ब्यापारिक बिश्व आवागमनको प्रमुख क्षेत्र रहेको छ । त्यो हिन्द–प्रशान्त क्षेत्रसँग जोडिएका देशहरुमा बिश्वको झण्डै ६५ प्रतिशत जनसंख्या रहेको छ ।ती मध्येका कतिपय देशहरु अनुसार चीनको कथित बिस्तारबादी र अबौधनिक दाबीले हैरान रहेको पनि पश्चिमाहरु उल्लेख गर्ने गर्दछन् । चीन र जापानका बीचको बिबादमा अमेरिका खुलेरै चीनका बिरुद्ध जापानको पक्षमा छ । जापान र अमेरिकाका  बीच २००४ मै प्रक्षेपात्र रक्षा प्रणालीको सम्वन्धमा सम्झौता पनि भइसकेको हो । जापानको नयाँ रक्षा नीतिमा दक्षिणी द्विपहरुलाई प्राथमिकता दिदै त्यहाँँ सैनिकहरुको संख्यामा ठूलो बृद्धि पनि गरिएको थियो । ती दक्षिणी द्वीपहरु चीनको नजिक रहेका छन् । कोरियाली प्रायद्वीपमा चीन र उत्तर कोरियलाई नियन्त्रण गर्नका लागि अमेरिका सैन्य कारबाहीकै लागि पनि तयार रहेको देखिन्छ । दक्षिण कोरियामा २८ हजारभन्दा बढी अमेरिकी सेना र युद्धपोतहरु नियमितरुपमा तैनाथ रहने गर्दछन्
अमेरिकी राष्ट्रपति बाइडेन र शी जिनपिङसँगको भेटमा बाइडेनले चीनको शिन्ज्याङ्ग, तिब्बत र हङ्गकङ्ग लगायत चीनको मानबाधिकरहरुको उल्लंघनका कुराहरु पनि उठाउने र चिन्ता ब्यक्त गर्ने काम गरे । राजनीतिक बिश्लेषकहरु के पनि औल्याउदछन् भने बाइडेन जिनपिङसँग उत्तर कोरिया, इरान र रुसलाई सन्तुलित राख्न चीनले अमेरिकालाई सहयोग गरोस् भन्ने आशय पनि ब्यक्त गरेका थिए ।  तर के ध्यान दिनुपर्ने कुरा उठिरहेको छ भने नैतिकता र सिद्धान्तमा को कति खडा हुन्छ त्यसले मात्र सम्झौता र समझदारीले बैधता पाउदछ । नत्र त्यो कागजको खोस्टो सरह नै हुन्छ । दुइ राष्ट्रपतिको भेट बार्ता दुइ पक्षीय सम्वन्ध र बिश्व शान्तिको हितमा कत्तिको उपयोगी हुन्छ त्यो आगामी दिनमा देखिदै जानेछ ।

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !

७ घण्टा अगाडि
नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक