मङ्ल, बैशाख ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home वाणिज्य बैंक/वित्त

एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला

धारणा न्यूज by धारणा न्यूज
२ वर्ष अगाडि
0
एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ ।

प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० लाख इकाइ सर्वसाधारण तथा संघसंस्थाका लागि सोमबारदेखि निस्कासन भएको छ । सीडीएससीको अनलाइन प्रणाली मेरोसेयरबाट यसमा आवेदन दिन सकिन्छ ।

म्युचुअल फण्डमा सर्वसाधारण लगानीकर्ताले छिटोमा मंसिर ७ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्ने छन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ कम्पनीले यो योजनालाई ‘ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले योजनाको लगानीमा कम जोखिम रहेको जनाउँछ ।

म्युचुअल फण्डमा लगानी गर्दा के हुन्छ फाइदा ?

छरिएर रहेको पुँजीलाई एकत्रित गर्ने र विभिन्न इक्वीटी, ऋणपत्र लगायत क्षेत्रमा लगानी गर्ने योजनाका साथ संकलन गरिने रकमका लागि प्रदान गरिने साना इकाइ नै म्युचुअल फण्ड हो । म्युचुअल फण्डले रकम संकलन गरी इक्वीटी, ऋणपत्र वा अन्य कोषमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफलबाट आफ्नो खर्च कटाएर इकाइधनीलाई नगद लाभांश दिने गरेका छन् । धेरै फण्डले वार्षिक रुपमै लगानीकर्तालाई नगद लाभांश दिँदै आएका छन् ।

योजना व्यवस्थापकले फण्डबाट सबैभन्दा धेरै रकम इक्वीटीमा लगानी गर्ने गरेका छन् । योजना व्यवस्थापकले नै फण्डको व्यवस्थापन गर्ने भएकाले लगानीकर्तालाई विज्ञता वा समय खर्चिनुपर्ने हुँदैन ।

म्युचुअल फण्डको अधिकांश रकम सेयरमै लगानी हुने भएकाले सेयर बजार बढ्दा लगानी भएको १० रुपैयाँको खुद सम्पत्ति मूल्य पनि बढ्न जान्छ । यस्ता फण्डको रकम परिचालनका लागि विज्ञहरु नै परिचालन हुने भएकाले फण्डको लगानी सेयरमाभन्दा कम जोखिम मानिन्छ । थोरै रकम पनि धेरै कम्पनीको सेयरमा लगानी हुने भएकाले जोखिम विविधिकरण हुन जान्छ ।

म्यचुअल फण्डको पनि सेयरजस्तै स्टक मार्केटमा किनबेच गर्न सकिन्छ । सामान्यतः सेयर बजार बढेका बेला म्युचुअल फण्डको भाउ पनि बढ्ने भएकाले मूल्य बढेका बेला बेचेर नाफा पनि कमाउन सकिन्छ ।

यद्यपि अहिलेको अवस्थामा सेयर बजार नै तल झरेका कारण दोस्रो बजारमा करिब ३० वटा म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा सस्तो मूल्यमा झरेको छ । तसर्थ प्राथमिक बजारमा भन्दा दोस्रो बजारमा कतिपय म्युचुअल फण्डको खरिद लाभदायक हुन सक्छ ।

यो पनि पढ्नुहोस्

उपत्यकाका अधिकांस वाणिज्य बैंकका एटीएम ‘आउट अफ सर्भिस’

एटिएम कार्ड नगद कारोबारमा कडाइ

४ दिन अगाडि
अधिकांश बैङ्कको ब्याजदर घट्याे

नयाँ ब्याजदर सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालमा जनप्रतिनिधिहरूको सङ्ख्या घटाउन सुझाव

भूपदेव शाह रास्वपाका महामन्त्री

बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढ्याे

पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाल युएइसँग ६ विकेटले पराजित

यस्ताे छ दिनभरकाे माैसम

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक