बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । कोही पनि खेलाडीका लागि आफ्नो देशका लागि खेल्न पाउनु नै ठूलो हुन्छ । किनभने सबै खेलाडी भाग्यमानी हुँदैनन् । तर केही खेलाडी असाध्यै भाग्यमानी पनि हुने गर्छन्, जस्तो किरण जेम्जोङ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक अहिले एउटा यस्तो ऐतिहासिक उपलब्धितर्फ अग्रसर छन्, जसबारे अरूले कल्पना मात्र गर्न सक्छन् । पृष्ठभूमि के भन्दा आज बिहीबार नेपालले एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यूएईको सामना गर्दैछ ।

दुबईमा हुने यस खेलमा अरू केही नभए पनि एउटा तथ्य निश्चित छ, किरणले फेरि एकपल्ट नेपाली टिमको पोस्ट सम्हाल्ने छन् । यूएईविरुद्ध उत्रने नेपाली टिमका खेलाडी के कस्तो छन् भन्ने प्रश्नको एउटा पाटोका रूपमा यो सबै चर्चा हुन लागेको हो । यूएई गएको नेपाली टिममा २३ खेलाडी छन् । त्यसमध्ये सबैभन्दा बढी अनुभवी र पुराना खेलाडी किरण नै हुन् । उनले अहिलेसम्म नेपालका लागि ९३ ‘क्याप’ जितिसके । उनी नेपालका लागि सबैभन्दा बढी खेल्ने खेलाडी हुन् । अब नेपालका लागि उनको सयौं खेल धेरै टाढा छैन । सम्भवतः यही विश्वकप छनोटको सेरोफेरोमा उनले नेपालका लागि एक सय खेल खेलेको ऐतिहासिक उपलब्धि हात पार्नेछन् । किरणसँगै नेपाली टिममा तीन गोलरक्षक छन् । त्यसमध्ये दीप कार्कीले तीन ‘क्याप’ जितिसके ।

यसअघिका विदेशी प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एकखाले विवादबीच एसियाकप छनोटमा किरणलाई टिममै बोलाएका थिएनन् । त्यही बेला हो, दीपले मौका पाएको । तेस्रो गोलरक्षक अभिषेक बरालले त नेपालका लागि डेब्यु गर्न नै बाँकी छ । अन्य खेलाडी कति अनुभवी ? डिफेन्समा रोहित चन्द अर्का अनुभवी खेलाडी हुन्, उनले ८६ ‘क्याप’ जितिसके । किरणपछि सयौं खेल खेल्ने खेलाडी हुने उनी नै हुन् ।

उनी किरणपछि नेपाली टिममा आएका थिए । उनलाई छाडेर नेपालको डिफेन्स नयाँ नै छ, एक अर्थमा कम अनुभवी । जस्तो, एरिक विष्टले २२, सनिश श्रेष्ठले १०, आशिष चौधरीले सात, अमित श्रेष्ठले एकै ‘क्याप’ मात्र जितेका छन् । डिफेन्सका अञ्जन राई, छिरिङ लामा र योगेश गुरुङ डेब्यु गर्नै बाँकी खेलाडी हुन् । मिडफिल्डमा डेब्यु गर्न बाँकी दुई खेलाडी छन्, कृतिशरत्न छुन्जु र निसान हमाल । मिडमा मनीष डाँगी नै सबैभन्दा अनुभवी हुन्, २६ ‘क्याप’ सहित । उनलाई छाडेर लाकेन लिम्बूले आठ, सेसेहाङ हाङदम्बेले ६ र उत्सव राईले दुई ‘क्याप’ जितिसके । फरवार्डमध्ये अञ्जन विष्ट सबैभन्दा बढी अनुभवी हुन्, ५९ ‘क्याप’ सँगै । उनको सामु त कीर्तिमान १४ औं गोल गर्ने अवसर छ ।

आयुष घलानले २०, जिलेप्सीजंग कार्की र हिसुबु थपलियाले नेपालका लागि चार/चार पल्ट खेलेका छन् । सन्जीव विष्ट र राजेश परियारले नेपालका लागि खेल्ने अवसर पाइसकेका छैनन् । यस्तोमा प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले दुबईमा कति नयाँ खेलाडीलाई अवसर दिने छन् त ? तथ्याकंमै टिकेर भन्नु पर्दा यी प्रशिक्षकले अहिलेसम्म १२ खेलाडीलाई डेब्युको अवसर दिइसके । तय छ, विश्वकप छनोटका क्रममा उनले अझ धेरै खेलाडीको नेपालका लागि खेल्ने सपना पूरा गरिदिनेछन् ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

२० घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

२० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक