बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार अपराध

डकैती आरोपमा दुई जना पक्राउ, भाग्न खोज्दा प्रहरीले चलायो गोली

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
धनगढीमा गोली चल्दा  एक जना स्थानीय घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम / महोत्तरी प्रहरीले डकैती आरोपमा पक्राउ गरेका दुई जनालाई भाग्न खोज्दा गोली प्रहार गरेको छ । गोली लाग्दा दुवै अभियुक्तको अवस्था गम्भीर रहेको महोत्तरी प्रहरीले जनाएको छ ।  दुवै जनाको बायाँ खुट्टाको तिघ्रामा गोली लागेको हो । गोली लाग्नेमा सर्लाहीको लालबन्दी नगरपालिका- २ बस्ने ३२ वर्षीय शक्ती पासवान र ३३ वर्षीय अजय पासवान रहेका छन् ।

दुवै जनाको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीका अनुसार कार्तिक २० गते बिहान करिब अढाई बजे भएको डकैती घटनामा संलग्न ती दुई जनालाई रौटहटको गरुडा नगरपालिका ४ पानी ट्याङकी स्थितमा मंगलबार मध्याह्न ३ बजे नियन्त्रणमा लिइएको हो । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिँदा पासवानको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली ४ थान ४ समेत बरामद गरेको थियो ।

पक्राउ परेका दुवै जनालाई महोत्तरीतर्फ ल्याउँदै गर्दा सर्लाहीको संग्रामपुरमा प्रहरीको गाडी बिग्रेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट अर्को सबारी मगाई उक्त गाडीले महोत्तरीको सिमाना सोनमा गाउँपालिका ५ सम्म राति १० बजे पुर्‍याएपछि पुन: महोत्तरीबाट आएको अर्को गाडीमा नियन्त्रणमा लिएको व्यक्तीलाई सुरक्षाकर्मीले हाल्न खोज्दा गाडीबाट हामफाली भाग्न खोजेका थिए । प्रवक्ता गिरीले आफ्नो कमाण्डमा खटिएको टोलीले चाइनिज पेस्तोलबाट गोली फायर गर्दा दुवै जनाको बाया खुट्टाको तिघ्रामा गोली लागेको जानकारी दिए ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम उनीहरूलाई सजाय हुने प्रवक्ता गिरीले बताए । गोली लागेका दुवै जनाले गत कार्तिक २० गते बिहान करिब अढाई बजेको समया जलेश्वर नगरपालिका ८ सानो रतवारा बस्ने भुवनेश्वर चौधरीको घरको मुलढोका लगायतको घरको ढोकाहरूको ताल्चा फुटाइ ७/८ जनाको डाका समूह हातहतियारसहित घरमा प्रवेश गरी घरमा रहेको भुनेश्वर चौधरी, जय किसोर चौधरी, सिमा चौधरी रुशैलदेवी चौधरी भान्सा कोठामा लगि बन्द गरी दिएको प्रहरीले जनाएको छ ।

साथै उनीहरुले भुनेश्वर चौधरीको टाउकोमा प्रहार गरी घाइते बनाएको र शैल देवीको काठाको चिरपटले प्रहार गरी दाहिने हातमा घाइते बनाई घरबाट ४० तोला सुनको गरगहना, चाँदीको ४५ तोलाको गरगहना, एक थान मोबाइल, नगद १ लाख ७५ हजार रकम लुटेको आरोप छ ।

यो पनि पढ्नुहोस्

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

रास्वपा नेता खड्का जुवातास खेलिरहेको अवस्थामा पक्राउ

१ हप्ता अगाडि
अवैध लागूऔषध सहित पक्राउ

१० लाख रुपैयाँभन्दा बढीको अवैध सामान बरामद

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक