काठमाडौँ / नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
नेता कोइरालाले सोमबार साँझ सामाजिक सञ्जालमार्फत सरकारबाट टिकटक बन्द गर्ने निर्णय हुनु खेदजनक भएको बताएका हुन्।
उनले भनेका छन्,’व्यक्तिगत स्वतन्त्रता कुण्ठित गर्ने गरी टिकटक बन्द गर्ने निर्णय सरकारबाट हुनु खेदजनक छ। यो निर्णय तत्काल फिर्ता लिई लोकतान्त्रिक बन्न सरकारलाई आग्रह गर्दछु। विगतमा पनि सरकारले निरंकुश बन्ने प्रयास गर्दा जनताको प्रतिकार र अदालतका आदेशहरुका बारेमा सरकारलाई स्मरण गराउन चाहन्छु।’


