बिहि, कार्तिक २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

टेलिकमले कूल आय र खुद मुनाफा दुवै गुमायाे

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
‘अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या आउँछ’
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको आम्दानी र नाफा दुवै घटेको छ । चालू आर्थिक वर्ष २०८०-८१ को पहिलाे त्रैमासिक वित्तीय प्रतिवेदन अनुसार टेलिकमले कूल आय र खुद मुनाफा दुवै गुमाएकाे हो ।

कम्पनीले यो आर्थिक वर्षको सुरुवाती तीन महिना (साउन, भदौ र असोज) मा १० अर्ब ६४ करोड ८७ लाख ९३ हजार रुपैयाँ आय गरेको छ, जुन गत आव २०७९-८० को सोही अवधिको तुलनामा ३.५४ प्रतिशतले कम हो । अघिल्लो आवको सुरुवाती तीन महिनामा टेलिकमको कूल आय ११ अर्ब चार करोड ९० हजार रुपैयाँ रहेको थियो । यसरी तीन महिनामै कम्पनीकाे कूल आय ३९ करोड १२ लाख ९७ हजार रुपैयाँले घटेको छ ।

टेलिकमले चालू आवको प्रथम त्रैमासिक अवधिसम्मको कूल सञ्चालन आयमा पनि निराशाजनक प्रदर्शन गरेको छ । यो अवधिमा कम्पनीको सञ्चालन आय आठ अर्ब ५८ करोड ५० लाख ६३ हजार रुपैयाँ मात्रै रहेको छ । यो रकम गत आवको सोही अवधिको कूल सञ्चालन आयकाे तुलनामा ५.४३ प्रतिशतले कम हो ।  गत वर्षकाे पहिलाे त्रैमासिक अवधिसम्म कम्पनीकाे कूल आय नौ अर्ब सात करोड ७५ लाख ८४ हजार रुपैयाँ ​रहेकाे थियाे ।

त्यस्तै चालू आवको प्रथम त्रैमासिक अवधिसम्म कम्पनीले दुई अर्ब दुई करोड ७४ लाख ३२ हजार रुपैयाँ खुद मुनाफा कमाएकाे छ । उक्त रकम गत आवको सोही अवधिको खुद मुनाफा दुई अर्ब २२ करोड ५५ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७४ हजार (अर्थात् ८.९० प्रतिशत) ले कमी हाे ।

गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालू आवको सोही अवधिमा राजस्व तथा खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले निम्न कारण औंल्याएको छः

  • ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ४९ करोड १४ लाख ८५ हजारले कमी भएको ।
  • आर्थिक मन्दीका कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।
  • विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. पाँच करोड ९९ लाखमात्रै फरेन एक्सचेन्ज गेन भएको ।
  • प्रतिकूल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मतसम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको ।
  • विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
  • राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको ।
  • सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएका कारण सेवाको दररेटमा कटौती भई राजस्वमा प्रतिकूल असर परेको ।
  • बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १४ करोड ८१ लाखले कमी भएको ।

यो पनि पढ्नुहोस्

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

बाक्लो हुस्सुका कारण ठूलो सडक दुर्घटना

१९ घण्टा अगाडि
इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

इरान युद्धको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव

१९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

आज भाइटीकाकाे उत्तम साइत बिहान ११:०७ बजे

नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने स्वागतयोग्य

देउसी–भैलोमा हुने अमर्यादित गतिविधि रोक्न सरकार प्रतिबद्ध

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

नेपाल लाइफ इन्स्योरेन्सद्वारा प्रदान गरिएकोमा स्तरोन्नति

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक