काठमाडाैं । एक महिनामा भित्रियो झण्डै डेढ खर्ब रेमिट्यान्स काठमाडाैं र एक महिनामा झण्डै डेढखर्बको रेमिट्यान्स देशमा भित्रिएको छ ।यस्ले रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड बनेको छ ।
गत असोजमा अहिलेसम्मकै धेरै १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आजै विवरण सार्वजनिक गर्दै केन्द्रीय बैंकले एक महिनाको अवधिमा भित्रिएको यो रकम अहिलेसम्मकै उच्च भनेको छ ।
बैंकको तथ्यांक अनुसार असोज महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो ।
अघिल्लो आर्थिक वर्षको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो । चालु आर्थिक वर्ष २०८०र८१ को भदौ सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।


