मङ्ल, असार २३, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार स्वास्थ्य

जाडोयाममा विरामीकाे हेरविचार गर्ने तरिका

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
जाडोयाममा विरामीकाे हेरविचार गर्ने तरिका
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। जाडो महिनामा विभिन्न किसिमका रोगले सताउने गर्छ । त्यसमा पनि श्वास प्रश्वासको समस्या भएका ब्रलडप्रेसर, सुगर भएका व्यक्तिको स्वास्थ्य समस्या झन् बढ्ने गरेको पाइएको फिजिसियन डा. रोशन कुमार झा जनाउँछन् ।

डा झा का अनुसार कसैमा प्रेसर पहिलादेखि छ भने ती व्यक्तिहरूको प्रेसर पहिलाको भन्दा पनि झन् बढ्ने गर्छ । यस्तै, समस्या नभएको व्यक्तिमा पनि जाडो महिनामा प्रेसर बढ्ने समस्या बढी हुन्छ ।

‘जाडो महिनामा दिन पनि छोटो हुन्छ । अल्छीले प्रेसर, सुगर हुनेहरूले चिकित्सकलाई भेट्न पनि जाँदैनन् । जसका कारण सुगर, प्रेसर ह्वात्तै बढेको थाहा पाउँदैनन् । यसले प्रेसर बढेको थाहा नपाउँदा हर्टअट्याटकदेखि प्यारालाइसिस हुने सम्भावना बढी हुन्छ,’ डा झा भन्छन् ।

श्वास प्रश्वासको समस्या

जाडो याममा खानपान र रहनसहनका कारण श्वास प्रश्वासको समस्याले सताउने डा।झा बताउँछन् । यस समयमा श्वास प्रश्वास सम्बन्धी सिजनल फ्लू देखिने गर्छ । जाडो याममा रुघाखोकीले बढी सताउँछ भने आन्द्रासम्बन्धी समस्या, पखाला लाग्ने, बान्ता हुने गर्मी याममा बढी हुन्छ ।

बर्खा याममा दूषित पानीले गर्दा रोग बढ्छ भने चिसो याममा सिजनल फ्लूले विभिन्न किसिमको रोगहरू देखा पर्ने उनको भनाइ छ ।

मौसम परिवर्तन हुँदा खानपान र जीवनशैलीमा ध्यान नदिँदा धेरै व्यक्तिहरूमा अनेक खालको समस्या देखिन सक्छ । चिसोको कारणले प्रतिरोधात्मक क्षमता कम हुने भएकाले सिजनल फ्लू चाँडै सङ्क्रमण हुन्छ ।

बच्ने उपायहरू

जाडो मौसममा खानपान, रहनसहनमा विशेष ख्याल गर्न डा झा को सुझाव छ । चालीस वर्ष उमेर पुगिसकेकाहरुले सकेसम्म नुन कम खानुपर्छ । उनी भन्छन्, ‘चिनी त झन् खानै हुँदैन । यदि खान मन लाग्यो भने पनि स्वादको लागि मात्रै खानुपर्छ ।’

बोसोयुक्त खानेकुरा नखान पनि उनको सुझाव छ । यस्तै, बेला बेलामा प्रेसर जाँच गर्नुपर्छ । यदि प्रेसर लगातार बढिरहेको छ भने चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्छ । आफू खुसी औषधि सेवन गर्नु हुन्न ।

उनी भन्छन्, ‘ग्रिन टि खाएर, तितो करेला खाएर प्रेसर कम गर्छु भनेर भ्रममा बस्न हुँदैन । त्यसले दुर्घटना हुन सक्छ ।’

एक पटक हर्टअट्याक भएपछि लापरबाही गर्नु ‘वान मिस गेम फिनिस’ हो । एक पटक प्यारालाइसिस भइसकेपछि एउटा औषधिको ठाउँमा चार वटा औषधि खानुपर्छ । त्यससँगै अंगभंग भएमा अरूमा निर्भर हुनुपर्छ ।

यसरी जोगिने ?

–जाडोयाममा शरीरलाई न्यानो राख्नुपर्छ ।

–आफ्नो प्रेसर डाक्टरलाई समय समयमा देखाएर डाक्टरको सल्लाहअनुसार औषधि खाने ।

–सुगरको स्क्रिनिङ गरिरहने ।

–नुनको मात्रा कम गर्ने ।

–चिनी सक्दो खाँदै नखाने ।

यस्ता बुँदामा हामीले ध्यान दिन सक्यौँ भने जाडो महिनामा लाग्ने विभिन्न किसिमका रोगहरूबाट बच्न सकिन्छ ।

रुघाखोकी लाग्न दीर्घरोगी हुनुहुन्छ भने निमोनियाको भ्याक्सिन निमोकोकललगायत भ्याक्सिनहरू लिनुपर्छ । किनभने यसले रोग लाग्नबाट जोगाउँछ ।

यो पनि पढ्नुहोस्

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

२ घण्टा अगाडि
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

विश्वकपमा स्पेन क्वार्टरफाइनल प्रवेश

२ घण्टा अगाडि

लवाइ खवाइ, सुताइ पूर्ण भयो भने धेरैजसो रोगबाट बच्न सकिन्छ । हामीले जीवनशैली पनि सुधार्नुपर्छ । चुरोट बिँडी नखाने, जाँड रक्सी खाँदै नखाने देखि आफ्नो समस्याअनुसार समयमै उपचार गराइ जोगिन सकिन्छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राष्ट्रिय सभाको बैठक आज बस्दै

पोखरा–दुबई हवाई उडान सेवालाई दिगो बनाउने

चलचित्र विधेयकमाथि प्रतिनिधि सभामा १२२ वटा संशोधन प्रस्ताव दर्ता

पूर्ण बहादुरको सारङ्गी’ कलाकारहरूको रोचक लाइनअप तयार हुने

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक