सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयहरूबाट विभिन्न स्थान र समयमा बरामद भएका करिब १५ लाख ३५ हजार ३ सय रूपैयाँ मूल्य बराबरको पटाका नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरमा बिहीबार उक्त पटाका नष्ट गरिएको हो ।
मलंगवा नगरपालिका-८ बस्ने उमेश कुमार शुक्लाको घरबाट र सीमा क्षेत्रमा भारतबाट अवैध रूपमा भन्सार छली ल्याएको इलेक्ट्रिक झिरझिरे १५ कार्टुन, फलावर पटाका ५ कार्टुन, नागिन पटाका ६ बोरा ५३ बण्डल, फूलझरी २ बोरा, कोबरा, बुलेट, फिसबम लगायत विभिन्न किसिमका गरी उक्त मूल्य बराबरको पटाका बरामद गरी विधिवत नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


