आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

महान अक्टोबर समाजबादी क्रान्ति दिवसमा किन सम्झनु पर्छ मार्क्सलाई ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
स्वाधीनता संग्रामको मर्म र भावनाको सन्दर्भ र नेपाल–भारत सम्वन्ध
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-लोकनारायण सुबेदी

बिश्व प्रसिद्ध महान कम्युनिष्ट दार्शनिक तथा सर्बहारा बर्गका मुक्तिका मार्गदर्शक कार्ल मार्क्सको सुप्रसिद्ध बिश्व ग्रन्थ ‘दास क्यापिटल’ १८६७ मा प्रकाशित भएको हो । त्यसले बिस्तारै विस्तारै फैलिँदै गएको बिश्व समाजवादी आन्दोलनलाई निश्चय नै एउटा अत्यन्तै सबल धरातल र स्पट आधार प्रदान गर्यो । त्यो प्रकाशन हुनु तीन–चार वर्षअघि मात्र ‘प्रथम अन्तर्राष्ट्रिय’को स्थापना भएको थियो । त्यसका बिश्व शाखा–प्रशाखाले यस पुस्तकलाई लोकप्रिय बनाउन ठूलो मद्दत पुर्याए । यो पुस्तक मूलतः जर्मनी भाषामा लेखिएको भए पनि त्यसपछि विभिन्न देशका सक्रिय यूवा समाजवादीहरू त्यो महत्वपूर्ण पुस्तकलाई आ–आफ्ना मुलुकको भाषामा अनुवाद गर्न तम्सिए।

तत्कालीन रुसका समाजवादीहरुले यसको अनुवाद आफ्नो भाषामा गरे । कार्ल मार्क्सको निमित्त यो सुखद् आश्चर्यको कुरा नै थियो। यद्यपि मार्क्सले क्रान्तिकारी संघर्षको दृष्टिले रुसलाई विशेष महत्व दिएका थिएनन्। किनभने उनको बिचारको निष्कर्श के थियो भने सर्बप्रथम औद्योगिक देशहरुमा पहिला समाजवादी क्रान्ति हुने छ । अनि रुस त्यतिबेला मूख्यतः एक कृषि प्रधान देश थियो र त्यसलाई उनले क्रान्ति हुने बस्तुगत आधार बिकसित भएको देशको रुपमा देखेका थिएनन् । तर कालान्तरमा मार्क्सबादी क्रान्तिकारी सिद्धान्तकार लेनिनको नेतृत्वमा रुस नै मार्क्सको सिद्धान्तको पहिलो सफल प्रयोगभूमि हुन पुग्यो । मार्क्सको सिद्धान्तका प्रथम प्रयोक्ता रुसी नेता लेनिनले साम्राज्यवादको सबैभन्दा कमजोर कडी भएको ठाउँमा क्रान्ति हुन सक्तछ र त्यो कडी टुट्न सक्तछ भन्ने निष्कर्श निकालेर समाजवादी क्रान्ति एउटै देशमा पनि हुन सम्भव छ भन्ने तथ्यलाई ब्यवहारमा देखाइदिए ।

हुन त कार्ल मार्क्सले ‘दास क्यापिटल’ को प्रकाशनपछि अर्को कुनै त्यस्तो ठूलो महत्वको उल्लेखनीय कृति लेख्न सकेनन् । पेरिस कम्युनको सम्बन्धमा लेखिएका लेखहरू प्रथम अन्तर्राष्ट्रियको बैठकलाई सम्बोधन गर्न तयार गरिएको दस्तावेज थियो । त्यसको केही समयपछि ’क्रिटिक अफ गोथा प्रोग्राम’ अर्थात् ‘गोथा कार्यक्रमको आलोचना’ को रूपमा एउटा सानो टिप्पणी आयो । तर सानो भए पनि त्यो टिप्पणी कार्ल मार्क्सका कृतिहरूमध्ये विशेष महत्वको रहेको छ । त्यतिञ्जेलसम्म जर्मनीमा मार्क्स र लासालका अनुयायी बेग्लाबेग्लै पार्टीमा संगठित थिए । गोथा भन्ने ठाउँमा ती दुई पार्टीको एकीकरण भयो र एकीकृत पार्टीले आफ्नो नयाँ राजनीतिक कार्यक्रम पनि प्रकाशमा ल्यायो । तर भनिन्छ एक त, मार्क्सलाई लासाल पटक्कै मन पर्दैनथे । दोस्रो कुरा, त्यो गोथा कार्यक्रम अत्यन्तै हावादारी छ भन्ने मार्क्सलाई लाग्यो । त्यस कार्यक्रमको उनले कडा आलोचना गरे । तर, त्यस आलोचनाका बीचमा उनले पहिलोपटक भावी समाजको आफ्नो तस्बिर या रुपरेखा पनि प्रष्टरुपमा अगाडि ल्याए । यद्यपि यस अघिसम्म कार्ल मार्क्स सामान्यतयाः भावी समाजबारे कुरा गर्न इच्छुक रहँदैन थिए । तर, यो पल्ट भने उनले सरलरूपमा भोलिको समाजवाद र साम्यवाद समेतको तस्बीर पेश गर्ने जमर्को गरे ।

साम्यवाद एक दिनमा आउँदैन । साम्यावदभन्दा पहिला समाजवाद आउँछ । त्यस समाजवादमा सबैले काम अनुसारको दाम पाउँछन् । योग्यता अनुसारको काम पाउँदछन् । विद्यमान श्रमको शोषण यस्तो चर्को हुँदैन। तर,त्यहाँ पनि योग्यता अनुसारको काम हुने भए पछि बिभेद कायम रहने कुरा भयो । द्ययपि सबैलाई आ–आफ्नो प्रतिभा अनुसार योग्य बनाउने क्रमको काम पनि त्यसमा निरन्तर जारी रहन्छ । शोषण नै नहुनेचाहिँ होइन । आखिर त्यहाँ राज्य रहन्छ। राज्यका निकायहरूलाई श्रमको अतिरिक्त मूल्यबाट नै पोस्नुपर्ने हुन्छ । त्यसैले समाजवादको उच्चतम् बिन्दूको संक्रमणबाट गुज्रेपछि मात्र साम्यवादमा पुगिन्छ । साम्यवाद एक सर्वोतोमुखी स्वतन्त्र व्यवस्था हुन्छ । त्यहाँ काम र श्रमको बन्देज हुँदैन । अथवा भनौं काम र श्रमको तात्पर्यसमेत फेरिन्छ। काम, श्रम र आत्मोपलब्धि एकअर्काका पर्याय हुन्छन्। उत्पादन चरमोत्कर्षमा पुग्छ। खान–लाउन नपाउने कोही हुन्नन्। मानिसले आफूखुसी योग्यता अनुसकारको काम गर्छ र आवश्यकता अनुसार पाउँदछ । उदाहरणका लागि एउटै मानिसले एकसाथ विभिन्न काम गर्न पाउँदछ । बिहान तरकारी रोप्ने हुन सक्छ , दिउसो माछा मार्ने, अपरान्हतिर ट्युसन पढाउने र बेलुका अभिनय गर्ने जस्ता अनेक काम गरेर आफूखुसी मानिसले उच्च स्तरीय बैज्ञानिक जीवन ब्यतित गर्न सक्छ । मार्क्सले साम्यवादी समाजको साँच्चै स्वर्ग जस्तै मनोहारी बर्णन गरेका छन् । भारतका प्रसिद्ध प्रगतिशील साहित्यकर्मी राहुल साँकृत्यायनले पनि २२वी सदी त्यही मार्क्सको मान्यतामा आधारित भएर लेखेका हुन् ।

गोथा कार्यक्रको आलोचना लेखिसक्दासम्म मार्क्स अपेक्षाकृत चर्चित र प्रसिद्ध भइसकेका थिए । उनको आर्थिक अवस्था पनि केही सुध्रिएको थियो । मार्क्सकी सहधर्मीणी जेनीकी एक जना धनाढ्य नातेदारले गतिलो सम्पत्ति बकस दिएकी थिइन्। उता, एंगेल्स पनि अब बाबुको बन्देज हटेर आफै कारखानाका मालिक भएका थिए। अब मार्क्स र जेनी स्वभावैले पहिलाकोभन्दा केही राम्रो डेरामा समेत सरे। तर, उनीहरू दुवै समयमा खानाको अभाव, औषधी उपचारको अभाव आदिले गर्दा उमेर नपुग्दै वृद्ध भइसकेका थिए। रोगले गर्दा उनीहरूको बाँकी जीवन पनि सुख–शाान्तिका साथ बित्न पाएन । अझ जेनीलाई त पछि गएर क्यान्सरले गाँज्यो । मार्क्सको पनि खटिराको रोग चर्किंदै गयो । यस प्रकार दुवै क्रान्तिकारी दम्पतिको दुःखको कुनै अन्त्य थिएन । यसै जीवन क्रममा १८८१ ई. मा जेनीको मृत्यु भयो । मार्क्सलाई थप चिन्ता थपियो । त्यसपछि उनी पनि धेरै बाँचेनन् । दुइ बर्ष पछि नै उनको पनि मार्च १८८३ मा निधन भयो । त्यतिबेला उनको मलामीमा मुस्किलले १०–१२ जना मानिस मात्र थिए भनिन्छ । उनको समाधिस्थलमा एंगेल्सले एउटा अत्यन्तै मार्मिक श्रद्धाञ्जली दिए। त्यसमा एंगेल्सले उनको तुलना बिश्व प्रसिद्ध जीव बैज्ञानिक चार्ल्स डार्बिनसँग गरेका छन् । तर, मार्क्स सबैभन्दा उच्च क्रान्तिकारी हुन् भन्ने यथार्थ पनि त्यतिबेला फ्रेडरिक एंगेल्सले उल्लेख गर्न चुकेनन् ।

दुर्भाग्यबस कार्ल मार्क्सको मृत्युपछि उनको सिद्धान्त र उत्तराधिकारीलाई लिएर समाजवादी आन्दोलनमा ठूलो विभाजन भयो। उनको लेखनको शब्दशब्द केलाइए। यस्तो केलाइ उस्तो महत्वपूर्ण थिएन। महत्वपूर्ण उनको भावना थियो। भावनाको हकमा एंगेल्सले भनेकै थिए– उनी सर्वप्रथम र सर्वोपरी एउटा उच्च क्रान्तिकारी थिए । तद्नुरूप क्रान्तिकारी परिस्थितिको विकासका साथ उनका आग्रह पनि तल–माथि हुन्थे । क्रान्तिकारीले कुनै रुढ सिद्धान्तलाई अजर–अमर मान्दैन । त्यसो त धर्म र अन्धविश्वासले मात्र गर्छ । कालान्तरमा कतिपय कम्युनिस्टहरूको आग्रहले गर्दा मार्क्सवादलाई झण्डै धर्मको रूपमा खडा गर्न पनि खोजियो । यद्यपि कार्ल मार्क्स इतिहासको विकासको साथ विचार र विश्लेषणमा परिष्कार ल्याउनुपर्छ भन्ने कुरामा विश्वस्त थिए । तर, उनका कतिपय कम्युनिस्ट अनुयायीहरूले त्यस्तो गरेनन् । सोसल डेमोक्रयाट्सहरू  पनि केही निश्चित सूत्रबाट बाँधिए ।

एउटा मतान्तर राख्नै नहुने किसिमको विचारधाराको साँघुरो भोटो बनाएर ती दुवै धारालाई हिडाइयो । अनि मार्क्सवादलाई केबल एउटा भौतिक विज्ञानको नियमसरह सूत्रबद्ध गर्ने एउटा प्रयत्न पनि भयो । जबकि यो गतिमान दर्शन, बिचार, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यनीतिको समुच्च दृष्टिकोण र भौतिक स्थिति अनुरुप शतत परिवर्तको गतिमान समाज बिज्ञानको अत्याधुनिक बैज्ञानिक बिचार थियो । तर एकातिर यसलाई धार्मिक ग्रन्थ जस्तो बनाउन खोजियो भने अर्काेतिर मार्क्सवादको क्रान्तिकारी सार तत्वलाई तिलाञ्जली नै दिइयो ।

यी तमाम गलत प्रयत्नहरु हुँदाहुदै पनि सौभाग्यबस यस्ता प्रयासका निमित्त कार्ल मार्क्सलाई कुनै दोष दिने ठाउँ भने किञ्चित पनि छैन। उनलाई एकपटक अनुयायी मार्फत आफ्ना विचारलाई ’मार्क्सवाद’ भन्ने गरेको थाहा भयो । तर उनले बेलैमा यसको जवर्जस्त प्रतिवाद गरेका थिए। उनले कुगल यान भन्ने एक मित्रलाई लेखेको एउटा पत्रमा स्पष्ट लेखेकै छन् कि ‘अरु जाे जेसुकै होला म भने मार्क्सवादी होइन’ । यो मार्क्सको बिनम्रता र आफु साधारण ब्यक्ति जस्तै रहने उत्कट इच्छाको अभिब्यक्ति थियो र हो ।

निश्चय पनि मार्क्स स्वयं ‘मार्क्सवादी’ थिएनन् र उनले त्यस्तो आग्रह राख्ने कुरा पनि थिएन । कुनै पनि व्यक्तिको नामका आधारमा वाद बनाउने कुरा सोच्दैन पनि थिए होला । तर बिश्वलाई नयाँ दृष्टि बोध गराउने र संसारलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने त्यो महान बिचार आज मार्क्सवादकै नाममा छ । त्यसमा मार्क्सका अनन्य मित्र एंगेल्सको पनि ठूलो र अतुलनीय योगदान छ । मार्क्सका धेरै अधूरा रहेका र अपूरा कृतिहरुलाई एंगेल्सले नै पूर्णता प्रदान गरेका हुन् तर उनले कुनै तोडमोड गर्ने र एंगेल्सबाद चलाउने जस्तो कुनै संकेतसम्म पनि गरेनन् । यो उनले मार्क्सबाटै सिकेको चिन्तन र चरित्र हो । वास्तवा एंगेल्स पहिलो र सच्चा मार्क्सबादी थिए ।

मार्क्सको व्यक्तित्वको एउटा गतिलो सुत्र उनकी छोरीले एकपटक उनलाई दिएको एउटा प्रश्नावली र त्यसमा मार्क्सले दिएको उत्तरबाट पनि चिनारी हुन्छ । उनले त्यस प्रश्नावलीमा मार्क्सको व्यक्तित्वको चिनारीलाई प्रस्ट गर्ने कुराहरू सोधेकी थिइन् । त्यो प्रश्नावलीले मार्क्सको बानी–व्यहोरा, रूचि–अरूचिसमेतको दिग्दर्शन गराएको छ । तपाईंको जीवनको आदर्श वा प्रमुख मान्यता के हो ? माक्सको उत्तर थियो– ’सबै थोकलाई प्रश्न गर !’ ग्रिक भाषाको लोकोक्तिमा उनले यो कुरा भनेका थिए । गौतम बुद्ध ‘अप्प दीपो भव’ भन्थे । यी दुवै कथनमा कुनै फरक देखिँदैन । अपसोच, मार्क्सीय दृष्टिकोण र बिचारलाई छोडेका तर उनको अनुयायी हुन दाबी गरिरहेका कथित अनुयायीले मार्क्सको यस्तो उच्च प्रवोधनलाई पूरै ओझेलमा पारिदिएका छन् । मार्क्स र मार्क्सवादको बिचार यात्रालाई सही किसिमले नबुझ्नु या बुझ पचाउनु यो नै आज मार्क्सका कथित उत्तराधिकारको सबभन्दा ठूलो विडम्बना बनेको छ । यी कुराहरुलाई गम्भीरताकासाथ आत्मसात गर्न र सही दिशामा अघि बढ्न महान अक्टोबर क्रान्ति दिवसमा कार्ल मार्क्सलाई उच्च स्मरण गर्नु अत्यन्तै महत्वपूर्ण अत्याबश्यक छ ।

 

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

७ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक