मङ्ल, अशोज २७, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

माओवादीको विशेष रूपान्तरण अभियानबारे !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

–निमकान्त पाण्डे

देश रूपान्तरण गर्ने लक्ष्य लिएर करिब तीन दशकअघि हतियार उठाई तत्कालीन शासन सत्ताविरुद्ध सशस्त्र युद्ध थालेको र त्यसपछि शान्ति प्रक्रियामा आई संविधानसभा निर्वाचनमा पहिलो पार्टीसमेत बन्न सफल भएको नेकपा माओवादी केन्द्र अहिले आफ्नै पार्टीको विशेष रूपान्तरणको अभियानमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको माओवादी केन्द्रले ३ महिनाका लागि थालेको उक्त अभियान अझ एक महिना लम्ब्याउने भएको हो । पार्टी मुख्यालय पेरिसडाँडामा अभियानको शुभारम्भको क्रममा प्रचण्डले पार्टीलाई जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने संकल्पका साथ तीन महिने अभियान सुरु गरिएको अभिव्यक्ति दिएका थिए । उनकै भाषामा ‘नेपाली जनताको बलिदानपूर्ण संघर्षबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको र प्रतिक्रियावादी तथा पुनरुत्थानवादी शक्तिहरूले पुनः शिर उठाउने जमर्को गरिरहेको चुनौतीपूर्ण समयमा यो अभियानको सुरुआत’ भएको हो । राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, जनताको विकासको आकांक्षालाई ठोस रूपमा सम्बोधन गर्न संगठन निर्माण र जनपरिचालनका कार्यक्रम बनाई अभियानका रूपमा सञ्चालन गर्ने प्रचण्डले जनाएका थिए ।

माओवादी अहिले सत्तासीन दल हो । गत चुनावमा तेस्रो दल भए पनि नेपाली कांग्रेसलगायत दलसँगको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट अन्य नेता पनि मन्त्री छन् । तर, सरकारमा हुँदाहुँदै माओवादीलाई विशेष रूपान्तरण अभियान चलाउने आवश्यकता किन प¥यो होला त ? प्रचण्डलाई सरकारमा बसेर काम गर्न कसले दिएन र यस्तो अभियान चलाउने निर्णय गरियो ? सामान्यतया सरकारमा हुनु भनेको काम गर्ने ठाउँमा हुनु हो । माओवादी पनि अहिले देशको जिम्मेवारी बोकेर काम गर्ने ठाउँमा छ । यहाँ उसलाई गुनासो मात्र गरेर बस्न पाउने छूट छैन । सरकारको काम भनेको जनताको सेवा हो, उनीहरुलाई सुविधा प्रदान गर्नु हो । देशको अर्थतन्त्रलाई बलियो बनाउनु हो । रोजगारी वृद्धि र किसान, श्रमिक तथा सर्वहारा वर्गको उत्थान गर्नु सरकारको कर्तव्य हो । जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु सरकारबाट लागू गर्न दबाब सृजना गर्ने काम मात्र सत्तासीन पार्टीले गर्ने हो भने जनताबीच त्यो पार्टीको लोकप्रियता अवश्यम्भावी बढ्छ । अझ सरकारले नै पार्टीका सुझावलाई सम्बोधन गर्ने हो भने अरु पार्टीको प्रतिस्पर्धा पनि सम्भव हुँदैन । यसरी काम गर्न सकेमा कुनै पनि दल जनतामा लोकप्रिय हुने मात्र नभई यस्तो विशेष रूपान्तरण अभियानको पनि आवश्यकता पर्दैन । यस्तै, देशको बिग्रँदो अर्थतन्त्र, बैंक तथा वित्त, स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रको चरम विकृति, सर्वसाधारणको कठिनाइपूर्ण जीवनस्तर, बेरोजगारी जस्ता क्षेत्रमा सरकारले काम गर्न सक्छ ।

तर, कुनै समय देशकै पहिलो पार्टी बनेको र साढे १ दशकयता सत्ताको आसपास रहेको माओवादीले विशेष रूपान्तरण अभियान चलाउने अवस्था आइपर्नु भनेको उसले जनताबाट विश्वास गुमाउँदै गएको संकेत हो । यस्तो संकेत पछिल्ला चुनावहरुमा झनै स्पष्ट रुपमा देखिँदै आएको छ । कुनै बेला समग्र देशको नै परिवर्तन र जनताको जीवनस्तरमा सुधारको लक्ष्य लिएर अघि बढेका प्रचण्ड र माओवादी पार्टी अहिले आफ्नै नामका कारण अप्ठ्यारोमा परेको हो । यसको मुख्य कारण भने माओवादीका नेतृत्वमा रहेका नेताहरुको अकर्मण्यता, भ्रष्टाचार, अनियमितता र तस्करीमा संलग्नता आदि हुन् । त्यसैले पार्टीको नाम फेर्नुपर्ने भन्दा पनि नेताहरुले आफ्नो नियतमा परिवर्तन गर्नुपर्ने आवश्यकता छ ।

नेपालको राजनीतिप्रति अहिले जनमानसमा चरम निराशा छ । ६० को दशकमा माओवादी शान्ति प्रक्रियामार्फत संसदीय व्यवस्थामा आउँदा राजनीतिमा परिवर्तन आउने आम जनमानसको अपेक्षा थियो । तर, त्यसविपरीत माओवादी नेतामा नै स्वार्थ हाबी हुँदा माओवादी अवसरवादी पार्टीको रुपमा चित्रित भयो । जनयुद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुरामबीच नै जनमानसमा वितृष्णा बढ्न थाल्यो । त्यही वितृष्णाको मत अहिले नयाँ पार्टी तथा स्वतन्त्र उम्मेदवारले पाइरहेका छन् । अब माओवादीले विगतमा आफूले गरेको गल्ती के हो र त्यसलाई कसरी सच्याउने भन्ने सोच्न आवश्यक छ । जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको  केन्द्रिय समिति बैठकका प्रारम्भिक निर्णयहरु सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको हार्दिक श्रद्धाञ्जली तथा गहिरो समवेदना !

७ घण्टा अगाडि
नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

नोबेल पुरस्कार रोबर्ट ई. हल र माइकल उडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिने

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपालले क्यानडालाई हरायाे

बूढीगण्डकी बाढीबाट भौतिक संरचनामा ठूलो क्षति

सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु

कांग्रेसकाे सहमहामन्त्रीमा मतगणनामा रामहरि अगाडि

बागमती प्रदेशलाई नमुना प्रदेश बनाउने घोषणा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक