काठमाडौं । नाबालिग जबर्जस्तीकरणी मुद्धामा पुर्पक्षको लागी थुनामार रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेमा डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएकी हुन् ।
डिप्रेसनले अलि बढी सताउन थालेपछि केही समययता सन्दीपको बोली बचन र व्यवहारमा अरुबेलाभन्दा भिन्न देखिएको छ । त्यसैले अहिले सन्दीपलाई मनोपरार्श चाहिएकाले मनोपरामर्शविद रेग्मी त्यहाँ पुगेकी हुन् । सन्दीपमाथि १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोप छ।
उनी सुन्धारास्थित केन्द्रीय कारागारमा छन्। गत मंगलबार काठमाडौँ जिल्ला अदालतले पीडित किशोरीको उमेरसम्बन्धी अभिलेख अस्पतालबाट झिकाउन आदेश दिएको थियो। सन्दीपले १७ वर्षीय नाबालिगलाई गत भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर बलात्कार गरेको आरोप छ। पीडित नाबालिगले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्। उनी असोज २० गते त्रिवि विमानस्थलबाट पक्राउ परेका थिए ।