काठमाडौं । अकुपाई टुडिखेल संरक्षण अभियन्ता र स्थानीयबासीले खुलामञ्चमा अण्डरग्राउन्ड पार्किङ बनाउन नहुने भन्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।
अभियानले गत सोमबार बागदरबारस्थित महानगरको कार्यालयमै पुगेर ज्ञापनपत्र बुझाएको हो। महानगरका मयेर बालेन्द्र शाहले स्थानीय र सम्पदा संरक्षकहरुलाई भेट्न समय दिएनन्। स्थानीयले मेयरलाई खबर गर्दा आफूले माघ महिनाको पहिलो हप्तासम्म समय दिन नसक्ने भनेर जवाफ फर्बकाएको अभियानका संयोजक विजय श्रेष्ठले जानकारी दिएका छन्। ‘हामीले मेयरसाबलाई आज भेट्ने भनेर इमेल पठाएका थियौं। तर, उहाँले माघको पहिला हप्तासम्म आफूसँग भेट्न समय नभएको जानकारी गराउनु भयो। हामी त उहाँलाई राम्रो मेयरसाब मानेका थियौं।
नक्कली धरहरा भन्नेले नक्कली टुँडीखेल बनाउने हो त १,’ उनले भने। त्यस्तै अभियानका प्रवक्ता सञ्जय अधिकारीका अनुसार सार्वजनिक क्षेत्र खुलामञ्चलाई खुलै राख्नुपर्ने रायसहित उपमेयर डंगोललाई ज्ञापनपत्र बुझाइएको छ । ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले टुडिखेलको सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने विषयमा दुईमत नरहेको प्रतिक्रिया दिएकी छिन्। ‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो। वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन,’ उनले भनिन्। लोकतान्त्रिक पद्धतिमा सबैभन्दा माथि जनता हो।
जनतासँगको समन्वयबिना कुनै काम महानगरले केही गर्दैन।’ ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिचार्ज सेन्टर’ भएकोले मास्न नहुने तर्क प्रस्तुत गरे । ‘धरहरा, खुलामञ्चको टावरलगायतमा पार्किङ गर्ने ठाउँ छन्। वरिपरि सबैतिर पार्किङ हुँदा फेरि त्यहीँ किन चाहियो रु काठमाडौको जनभावना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत हुँदैन,’ उनले भने, ‘जनताको कुरा सुन्नु पर्छ, बरु अझै नयाँ खुला पार्क बनाउनुपर्छ। टुडिँखेलभित्र कुनैपनि हालतमा पार्किङ हुनुहुँदैन। यो त काठमाडौंको फोक्सो हो। यो सबैले सास फेर्ने ठाउँ हो,’ उनले भने।