आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

भारतीय शासकहरुको दासत्ववादी आचरण !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

दक्षिणी सीमा जोडिएको भारतसँग नेपालको सम्बन्ध जहिल्यै पनि उतारचढावपूर्ण रहँदै आएको छ । भौगोलिक सहजताका कारण नेपालका तराई भेग भारतसँग सधैं नजिक रहेको छ । तर, त्यस विपरीत भारतले भने सधैं नेपाललाई आफ्नो नियन्त्रणमा राखेर चलाउन खोज्ने प्रयास गर्दै आएको छ । यो नीतिलाई भारतको सत्ता आउने जुनसुकै शासकहरुले अवलम्बन गर्ने गरेका छन् । त्यसैको पछिल्लो उदाहरण हो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कालापानी भ्रमण । सन् २०१४ मा पहिलोपटक भारतीय प्रधानमन्त्री मोदी त्यसयता नेपाल भ्रमणमा आइरहे । सुरुवातमा मोदीको मिठो बोलीमा नेपाली नेताहरु पनि परें । सन् २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री बनेका मोदीले ‘पहिले छिमेकी’ नीति पनि सार्वजनिक गरे । तर त्यसअनुसार भने उनको व्यवहार देखिएन । नेपाल भ्रमण गर्दा होस् वा नेपाली नेतासँगको भेटमा ठिक्क पार्ने मोदीले नेपालको मिचिएको सीमा समस्या समाधानमा कहिल्यै चासो दिएनन् । तिनै मोदीले कालापानी भ्रमण गरेर विवादलाई झन् बढाएका छन् ।

हाल भारतले कब्जा गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो । त्यसैले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपालले ती भूभाग समेटेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेको थियो भने भारतलाई पनि पटकपटक कूटनीतिक नोट पठाइसकेको छ । भारतले भने ती पत्रलाई कुनै सम्बोधन नै गर्न चाहेको छैन । तत्कालीन समयमा इस्ट इन्डिया कम्पनी, भारत र नेपालबीच भएको सन्धिअनुसार पनि ती भूभाग नेपालकै रहेको प्रस्ट हुन्छ । तर, भारत भने बलमिच्याइँपूर्व ती भूभागमा आफ्नो कब्जा
कायम गरिराख्न चाहन्छ । हाल मोदीले भारतले अतिक्रमण गरेको भूभागमा भ्रमण गरेर हैकमवादी चरित्र प्रस्तुत गरेका छन् ।

अंग्रेसको उपनिवेशबाट स्वतन्त्र भएयता भारत आफैले आफ्ना छिमेकी देशसँग त्यही चरित्र अवलम्बन गर्दै आएको छ । आफ्ना वरपरका साना राज्य सिक्किमलगायत धोखाधडीपूर्वक भारतमा गाभेका तत्कालीन शासकहरुले नेपाललाई पनि गाभ्न वा टुक्राउन भरमग्दुर प्रयास गरेका थिए । त्यसै योजनास्वरुप आज पर्यन्त पनि नेपालमा अस्थिरता निम्त्याउन भारतले प्रयास गरिरहेको आरोप लाग्ने गरेको छ । नेपाल भूपरिवेस्ठित भएको फाइदा उठाउँदै भारतले व्यापारिक क्षेत्रमा पनि मनोमानी गर्दै आएको छ । चीनसँगको भौगोलिक कठिनताका कारण नेपालको अधिकांशजसो भारतीय बन्दरगाह र मार्ग हुँदै हुने गरेको छ । तर, भारतले आफूलाई सहज भए मात्र वस्तुको निर्यात खोल्ने, नभए बन्द गर्ने, व्यापारिक प्रक्रियामा दुःख दिने जस्ता काम पनि गर्दै आएको छ । भारतसँग नेपालको व्यापारघाटामा पनि आकाश पातालको फरक छ । भारतसँगको सीमा समस्या त सदाबहार नै भयो । कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता महत्वपूर्ण नेपाली भूभाग अतिक्रमण गरेको भारतले सुस्ता जस्ता तराईका भूभागमा सीमा समस्या बल्झाइरहेको छ ।

भारतले यसरी दादागिरी गरिरहँदा नेपाल सरकार, सरकारमा आसीन प्रधानमन्त्री, मन्त्री तथा उच्च ओहोदामा आसीन व्यक्तिहरु भने मूकदर्शक मात्र देखिएका छन् । व्यापारिक रुपमा भारतको मात्र एकाधिर कायम हुँदा भोलि त्यससम्बन्धी समस्या देखिने हो भनेर पनि कोही बोल्न चाहिरहेका छैनन् । तर, त्यसको समाधान खोज्न भने उदासीनता देखाउँदै आएका छन् । भारतसँगको निर्भरता अन्त्य, आत्मनिर्भरता र कूटनीतिक रुपमा शक्तिशाली देशको ऐक्यबद्धतालाई समेट्दै भारतसँग ठोस वार्ता गर्न सकेमा मात्र यी समस्या समाधान हुनेछन् । जनधारणा साप्ताकिक

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

१ घण्टा अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक