सोम, जेष्ठ ११, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्सेमा पुनः गिरावट

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १.०६ प्रतिशतले घटेर बन्द भएको छ । बुधबार ५.१६ अंकले बढेर १८९४.७६ को विन्दुमा बन्द भएको नेप्सेमा बिहीबार पुनः गिरावट भयो । बिहीबार बजार परिसूचक नेप्से २०.१६ अंकले घटेर १८७४.६० को विन्दुमा बन्द भएको हो ।

यो साता बुधबारबाहेक ४ कारोबार दिन नै नेप्सेमा गिरावट भएको हो । बिहीबार म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ । होटल तथा पर्यटन उपसूचक ३ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १.५९ प्रतिशत, निर्जीवन बीमा उपसूचक १.५२ प्रतिशत, जीवन बीमा उपसूचक १.४० प्रतिशत वित्त कम्पनी उपसूचक १.४१ प्रतिशत र विकास बैंक उपसूचक १.२३ प्रतिशतले गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकममा भने सुधार भएको छ । बिहीबार नेप्सेमा ६२ हजार ४६ वटा कारोबारमा ७५ लाख ५८ हजार ५४२ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ७० करोड १ लाखको कारोबार भएको छ । मंगलबार १ अर्ब २८ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर करिब १ अर्ब ९ करोडमा सीमित भएको थियो । बिहीबार कारोबार रकममा उल्लेख्य सुधार देखिएको हो ।

कारोबारमा आएकामध्ये लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर सर्वाधिक १६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख र नेपाल एसबिआई बैंकको ४ करोड २० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बिहीबार नेप्सेमा कुल २३७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २१० कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको भने स्थिर छ ।

कारोबारमा आएकामध्ये भगवती हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको सेयरमूलय १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । दुवै कम्पनी बुधबार नेप्सेमा सूचीकृत भएर बिहीबारदेखि कारोबारमा आएको हो ।

यस्तै हाथवे इन्भेष्टमेन्ट कम्पनीको सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । नेप्सेमा सूचीकृत भएर बुधबारबाट कारोबार कारोबार सुरु भएको कम्पनीको सेयरमूल्य लगातरा दोस्रो दिन पनि सर्किट लेभलमा बन्द भएको हो ।

सिटी होटलको सेयरमूल्य भने सर्वाधिक ९.०९ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयरमूल्य ८.१९ प्रतिशत र बलेफी हाइड्रोपावरको सेयरमूल्य ८.०५ प्रतिशतले गिरावट भएको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचकमा सुधार

५ दिन अगाडि
एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न रणनीतिमा व्यापक परिवर्तन

एन्ड्रोइड इकोसिस्टममा आकर्षित गर्न रणनीतिमा व्यापक परिवर्तन

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

काभा महिला भलिबलकाे अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग खेल्दै

दुई दिने चिकित्सक सङ्घकाे सम्मेलन आयोजना हुने

रास्वपाका सभापति भारत भ्रमणमा जादै

तेलंगाना राज्यमा अत्यधिक गर्मीबाट १६ जनाको मृत्यु

सुनको भाउ प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक