आइत, अशोज २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

भारतको खालिस्तान आन्दोलन र क्यानडाको अवस्था 

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
आईएमएफको चेतावनीले पुँजीबादमा संकटको संकेत !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
–निमकान्त पाण्डे
विश्वमा अहिले अर्का दुई देशबीच तनाव बढेको छ । शिख समुदायका एक व्यक्तिको हत्याको विषयलाई लिएर हाम्रो छिमेकी देश भारत र क्यानडा आमनेसामने भएका छन् । रुस–युक्रेन युद्धका कारण विभाजित रहेका विश्वका देशहरुले यो विवादमा पनि आआफ्नो धारणा राखिरहेका छन्, जसले देशहरुमा एकता नभई विभाजन ल्याउन मलजल गरिरहेको छ ।
क्यानडामा केही समयअघि हरदीप सिंह निज्जरको हत्या भएको थियो । निज्जर भारतमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्ने संगठनका नेता थिए । क्यानडा बसोबास गरिरहेका र क्यानडेली नागरिक भएका कारण उनको हत्यामा क्यानडाले भारतमाथि औंलो तेस्र्याएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारतीय खुफिया एजेन्सीको हात रहेको अभिव्यक्ति दिएका छन् । भारतले पनि त्यसको प्रतिवाद गर्दै पुष्टि गरेर देखाउन चुनौती दिएको छ । यही विवादका कारण दुई देशबीचको सम्बन्धमा दरार त आएको छ नै विश्वका प्रमुख देशहरुले कसको पक्ष लेलान् भन्ने चासो छ । अर्कोतर्फ यो विवादले विश्वको अर्थतन्त्रमा असर पार्ने त छँदै छ नै ।
दुई देशको विवादअघि खालिस्तान भनेको के हो भन्ने बुझ्न आवश्यक छ ।
सन् १९४७ मा भारतले स्वतन्त्रता पाउँदादेखि नै शिख समुदायले यो मुद्दा उठाउँदै आएका छन् । तत्कालीन भारत र पाकिस्तानबीच विभाजन हुँदा शिख समुदायले आफ्ना लागि छुट्टै राज्यको माग गरेका थिए । त्यतिबेला शिख समुदायको ठूलो संख्या पञ्जाब प्रान्तमा बसोबास गर्थे । तर, विभाजनपछि पञ्जाबको ठूलो हिस्सा पाकिस्तानमा परेको थियो । थोरै भूभाग जुन भारतमा परेको थियो, त्यसमा बसोबास गर्न ठूलो संख्यामा शिख समुदायका व्यक्ति यता आएका थिए । त्यसपछि त्यहाँ उनीहरु बहुमतमा आएका थिए । तर, भारतले भने पञ्जाबलाई सधैं स्वतन्त्र राज्यको मान्यता दिन नै आलटाल गरिरह्यो । त्यही बेलादेखि नै शिख समुदायले आफ्नो मागलाई निरन्तरता दिँदै आएका छन् ।
भारत सरकारले शिख समुदायलाई भड्काएको ठूलो घटना हो, गोल्डेन टेम्पलको घटना । सन् ८० र ९० को दशकमा शिख समुदायको मागलाई दबाउने उद्देश्यले उनीहरुको पवित्रस्थल गोल्डेन टेम्पलमा भारत सरकारले आक्रमण गरेको थियो । त्यहाँ बसेका विद्रोहीलाई मार्ने काम मात्र नभई गुरुद्वाराको ठूलो भूभागमा क्षति भएको थियो । त्यतिबेला आक्रोशित शिख समुदायका व्यक्ति आजपर्यन्त पनि विद्रोहमा छन् । त्यतिबेला नयाँदिल्लीमा शिख समुदायमाथि ठूलो ज्यादती पनि भएको थियो । तत्कालीन समयमा गोल्डेन टेम्पलमा आक्रमण गर्न लगाउने भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका सुरक्षा गार्डले नै गोली हानेर हत्या गरेका थिए ।
अहिले शिख समुदायका व्यक्ति विभिन्न देशमा बसोबास गर्छन् । क्यानडा, अमेरिका, अस्ष्ट्रेलिया, बेलायत लगायत बढी भारतीय बसोबास गर्ने देश हुन् । क्यानडामा धेरै संख्यामा शिख समुदायका व्यक्ति बस्छन् । त्यहीकारण खालिस्तान स्वतन्त्रताको गतिविधि पनि यी देशमा हुँदै आएको छ । तर, पृथकतावादी यो गतिविधिले भारतलाई भने सधैं टाउको दुखाइ हुँदै आएको छ । आफ्नै देशको ठूलो समुदायलाई सहमतिमा ल्याउन नसक्दा हालसम्म बेलाबेलामा रक्तपातपूर्ण हिंसा हुँदै आएको छ ।
यो विवादका कारण अहिले क्यानडा र भारतबीचको सम्बन्धमा दरार ल्याएको छ । भारतको समस्या अहिले क्यानडामा पनि पुगेको छ । त्यहाँको राजनीतिक र सामाजिक वातावरण पनि बिथोलिएको छ । त्यसैले अहिलेको विश्वमा कुनै पनि कुनाको समस्याले अर्को देशमा पनि असर पर्न सक्छ । भारतीय शासकहरुकै कारण नेपालमा भुटानी शरणार्थीका कारण निम्त्याईएको तरोताजा नै छ । अरुमाथि समस्या थोपरेर आफू शान्त बन्न सकिन्न भन्ने पाठ भारतका शासकहरुले राम्रैसँग सिक्न पाएका छन् । तर चेत खाएका छैनन् । अर्कोतर्फ भारतले आफ्नो समस्यालाई समाधान गर्न नसकेमा त्यसको असर विश्वभर पर्न सक्ने यथार्थलाई बुझ्न आवश्यक छ । साथै आफ्ना देशमा अनावश्यक तत्वलाई चलखेल गर्न सहायता गर्ने वा उक्साउने गतिविधि पनि बन्द गर्नुपर्छ । भारतले नेपाललाई आफूमा गाभ्ने हिसाबले लामो समय त्यो गतिविधि सञ्चालन गर्दै आएको छ । भारतकै कारणबाट  नेपालमा राजनीतिक अस्थिरताको मार परिरहेको छ । पाकिसतान, बंगलादेश, माल्त्यदिभ्हीस, भूटान, चीन लगायतका छिमेकी देशहरु माथि यस्तै समस्या भारतीय शासक बर्गले सृजना गराउने प्रयत्न गरिरहेका छन् । अहिले भारत तथा क्यानडा बिबादले उत्कर्ष लिएको छ । उनीहरुले फल भोगिरहेका छन् । पृथकतावादी गतिविधि कुनै पनि अर्थमा सही मान्न सकिँदैन । न त कसैले यसको अभ्यास गरेकालाई समर्थन गर्न सकिन्छ । अन्य देशबाट  सञ्चालन गरिरहेका समूहमाथि असहयोगको अपेक्षा गरिरहेको भारतले आफूले पनि त्यस्तो गतिविधि बन्द गर्न जरुरी छ, आगे सबैलाई चेतना भया ! जनधारणा साप्ताहिक

यो पनि पढ्नुहोस्

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

८ घण्टा अगाडि
रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

पाँचौ यँलासी पीगं सीकेगु भजन संगीत तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

रोहित पौडेलले क्यानडा विरुद्धको खेलमा शतक बनाए

गोरखाको चुमनुब्री क्षेत्रमा भएकाे क्षतिप्रति दुखः व्यक्त

बूढीगण्डकी बाढी प्रभावितको सुरक्षामा जुट्न आग्रह

ब्रह्मायणी मन्दिर परिसरमा भक्तजनको भीड

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक