काठमाडौं । उरुग्वेका चर्चित फरवार्ड लुइस स्वरेज ब्राजिलियन लिग क्लब ग्रेमिओमा आवद्ध भएका छन् । स्वरेज फ्री-ट्रान्सफरमा ग्रेमिओमा आवद्ध भएका हुन् ।
उनले क्लबसँग २०२४ को अन्त्यसम्मका लागि सम्झौता गरेका छन् । यस अघि लिभरपुल, बार्सिलोना र एटलेटिको म्याड्रिड जस्ता क्लबबाट खेलेका ३५ बर्षिय स्वरेज गत जुलाईमा आफ्नो देशको क्लब नासिओनलमा तीन महिना खेलेका थिए ।
उनले सो क्लबमा १६ खेलमा ८ गोल गरेका थिए भने नासिओनलले उरुग्वेको च्याम्पियनसिप जितेको थियो । ग्रेमिओमा आवद्ध भएपछि स्वरेजले आफु ग्रेमिओमा नयाँ चुनौतीको लागि तयार रहेको उल्लेख गरेका छन् ।
स्वरेजले ग्रेमिओको १७ जनवरीमा हुने पहिलो खेल खेल्ने बताइएको छ । हालै सम्पन्न विश्वकप फुटबलमा उरुग्वे समुह चरणबाट बाहिरिदा स्वरेजले समुह चरणका तिनै खेल खेलेका थिए । तर विश्वकपमा स्वरेज गोल गर्न भने असफल भएका थिए ।


