बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

कम्बोडिया घटनाः बिर्तामोडका निराकारले जब मृत्यु देखे, अनि छोरालाई सम्झाए

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
कम्बोडिया घटनाः बिर्तामोडका निराकारले जब मृत्यु देखे, अनि छोरालाई सम्झाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा – कम्बोडियाको एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएपछि अहिले बिर्तामोड शोकमा डुबेको छ ।

बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो । जब बहुतले क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे । उनले घरमा भाइबरमा भिडियो कल गरे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाए । आफू रहेको कोठाबाट हाम फाल्न बाहेको अर्को विकल्प नभएको उनलाई परिवारका सदस्यलाई सुनाएका थिए ।

तर, घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उनले आफ्नो करिब ९ वर्षको छोरालाई सम्झाए ।

‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा, लीला मामुलाई माया गर्नु ।’ उनले भिडियो कलमा छोरालाई सम्झाउँदै भनेका थिए ।

उनले गरेको भिडियो कल सार्वजनिक भएको छ । भिडियोमा बाहिरबाट धुवाँ आइरहेको स्पष्ट देख्न सकिन्छ । बोल्दा-बोल्दै उनलाई धुवाँले निकै गाह्रो बनाएको भिडियोमा देखिन्छ ।

मृत्यु आफ्नै देखेका उनले एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा भएका छन् । सानो छोरालाई ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उनले गरेका छन्।

उनले भनेका छन्, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’

उनले आफ्ना परिवारका सदस्यलगायत आफ्ना ससुरालीपट्टिका सबैलाई सम्झेका छन् । सबैलाई माया गर्न छोरालाई सम्झाएका छन् ।

‘मामाहरू, माइजुहरूलाई चित्त नदुखाइदिनु तिमीले । धेरै गर्नु भएको छ मामा-माइजुले । लमजुङ बुवा आमाले धेरै गर्नु भएको छ । तिमी ठूलो मान्छे बन्नु, ज्ञानी बन्नु ।’ उनले छोरालाई सम्झाउँदै भनेका छन् ।

भिडियोमा उनले परिस्थिति आफ्नो बसमा नरहेको पनि संकेत गरेका छन् । निराकारले भनेका छन्, ‘मैले जे जति गरें तिम्रा लागि गरें । धेरै कोशिस गरें तर सकिन । तिमीसँग बिताएका पलहरू धेरै यादगार रहनेछन् ।’

कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । सोही घटनामा निराकारको मृत्यु भएको हो ।

घटनापछि निराकारको शव लिन परिवारका सबै सदस्य काठमाडौं गएका छन् । परिवारका सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन ।

नेपाली दूतावासले उनको शवलाई नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

६ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक