आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

देशको मुख्य समस्या के हो ? पहिचान जरुरी !

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
दलका नेताहरुलाई स्वतन्त्रता नपचेको हो त ? पूर्वराजाको सक्रिय बन्ने सन्देश !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालभन्दा कमजोर आर्थिक अवस्था भएका देशहरुले पछिल्लो ३ दशकमा विकासमा फड्को मारिसक्दा नेपालको अवस्था भने अहिले पनि ज्यूँका त्यूँ छ । २०४६ सालमा पञ्चायत अन्त्य र प्रजातन्त्र स्थापनायता सत्तामा दलहरुको नियन्त्रण रहे पनि त्यसअनुसार काम गर्न नसक्दा त्यसयताको समय उपलब्धिमूलक बन्न नसकेको हो । अहिले पनि नेपालको काम गर्ने उमेर समूहको ठूलो हिस्सा विदेश पलायन भइरहेको छ । देशमा रोजगारी सृजना, कलकारखानाको वृद्धि र किसानलाई प्रोत्साहन सपना जस्तै बनेको छ । हरेक वस्तुका लागि आयातमा नै निर्भर हुने अवस्था छ । देशको बाह्य तथा आन्तरिक ऋण बढेको बढ्यै छ । तर, देशको आम्दानी भने रेमिट्यान्समा नै सीमित छ । त्यही रेमिट्यान्स पनि विभिन्न वस्तु आयातका लागि विदेशमै फर्किने भएकाले अर्थतन्त्र धराशायी बन्दै गएको छ ।

पछिल्लो समय त नेपालको अर्थतन्त्र संकटोन्मुख छ । आर्थिक समस्याका कारण सरकार कतिपय आयोजनाको भुक्तानी दिननसक्ने अवस्थामा पुगेको छ । व्यापार व्यवसायमा मन्दी छाएको छ । भन्सार संकलन न्यून हुँदै गएको छ । सरकारले विकासलाई छुट्याउने खर्चभन्दा बढी ऋणको सावाँब्याजका लागि विनियोजना गरेको छ । अत्यधिक चालु खर्चका कारण सरकारसँग विकास बजेट नै नहुने अवस्था आएको छ । अन्य देशले यस अवधिमा विकास गरिरहँदा नेपाल भने किन असफल राष्ट्र बन्ने दिशामा अघि बढिरहेको छ त ? देश विकास नहुनुको मुख्य समस्या के होला ?

नेपालको विकास सपनामा नै सीमित रहनुमा मुख्य कारण हो, यहाँका नेता तथा दलाल पूँजीवादमा उनीहरुको संलग्नता र संरक्षण । २०४६ सालयता कांग्रेस तथा कम्युनिस्ट दलहरुले सरकार निर्माणका लागि विचार सिद्धान्त नमिल्ने दलहरुसँग पनि गठबन्धन गरेका छन् । यसले सत्तामा टिकिरहन उनीहरुलाई सहज त भयो, तर यसले देशलाई भन्दा नेता तथा उनीहरुको परिवार, आफन्त र आसेपासेलाई मात्र फाइदा पुग्यो । यिनै अप्राकृति गठबन्धनका कारण देशमा दलाल पूँजीवाद पनि मौलायो । सरकार उत्पादन वृद्धि, कलकारखाना सञ्चालन र विपन्न वर्गको उत्थानमा चुक्दा अहिले मुलुकमा दलाल पूँजीवादले प्रश्रय पाएको छ । उत्पादन ठप्पप्रायः भएको छ भने ठूला पूँजीपति विदेश सामानको आयातमा लगानी गरिरहेका छन् । नेताका आसेपासे पनि त्यहीको पहुँचको आधारमा ठूला पद हत्याउने र भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जनमा संलग्न रहेको पाइएको छ ।

दलाल पूँजीवादलाई बढाव दिँदा देश आन्तरिक रुपमा खोक्रो बन्दै गएको छ । जसका कारण साम्राज्यवादी देश अमेरिका लगायत पश्चिमा मुलुक नेपालको कमजोर आर्थिक अवस्था उठाउन तँछाडमछाड गरिरहेका छन् । यसले आगामी दिनमा नेपाल कतै शक्ति राष्ट्रहरुको रणभूमि बन्ने त होइन भन्ने आशंका पनि बढाएको छ । त्यसैले सबै दलका नेताहरुमा देशको समस्या आफू नै हो भन्ने बुझाइ जहिलेसम्म हुन सक्दैन, तबसम्म देशले विकासको गति लिन पनि सक्दैन । अकर्मण्यता, दण्डहीनता र भ्रष्टाचारलाई संरक्षण गरिरहने र उत्पादनमा प्रोत्साहन नगर्ने हो भने देश असफल बन्ने जोखिम झनै बढ्नेछ । जनधारणा साप्ताहिक

 

 

 

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

५२ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक