सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पेलेको उत्कृष्ट १० गोल

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
विश्वकप तीन पटक जित्ने एक मात्र जित्ने महान खेलाडी पेलेको निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

२१ जुन, १९७०
मेक्सिको सिटी
ब्राजिल भर्सेस इटली

मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा १ लाख ७ हजार दर्शकअगाडि विश्वकपको आफ्नो अन्तिम गोल इटलीविरुद्ध गोल गरेका थिए । इटलीका गोलरक्षक इनरिको अल्वर्टोसीलाई छक्याएर हेडरमार्फत गोल गरेसँगै ४–१ को जितसहित ब्राजिल र पेलेले तेस्रोपल्ट विश्वकपको उपाधि जिते । विश्वकपमा उनको त्यो १२औं गोल थियो ।

बायाँ क्षेत्रबाट रिबेलिनोले गरेको क्रसलाई उपयोग गर्ने क्रममा पेलेले इटलीका डिफेण्डरहरुबीच हावामा उफ्रिएर गोल गर्न सफल रहे ।

१ हजारौं गोल
१९, नोभेम्बर १९६९
रियो दिन जेनेरियो
सान्तोष भर्सेस भास्को डा गामा

खचाखच भरिएको मराकाना रंगशालामा एउटा पेनाल्टी गोल पेलेको करिअरमा ठूलो कोशेढुंगा बन्दै थियो । विपक्षी डिफेण्डरले पेलेलाई नै फल गरेपछि सान्तोषले पेनाल्टी पाएको थियो । दायाँ कुना च्यापेर उनले गरेको प्रहार गोल भयो । यही गोलले सान्तोष २–१ ले विजयी रह्यो । भास्कोका गोलरक्षकले सही अनुमान गरेका थिए, तर पेलेको प्रहार निकै शशक्त र तीव्र थियो ।

गोल भएपछि पेले बल लिन पोष्टभित्र दौडिएको दृश्य कैद गर्न भिडियो र फोटो पत्रकारहरु मैदानभित्रै छिरेका थिए । यो खेल केहि मिनेट स्थगित रह्यो । पेलेले पोष्ट भित्रबाट बल लिएर रंगशालाभर समर्थकमाझ सफलताको उत्सव मनाए । उनले यो गोल ब्राजिलका बालबालिकाका लागि समर्पित गरेका थिए । रंगशालामा उपस्थित ६५ हजारभन्दा बढी समर्थक केवल पेलेलाई हेर्न त्यहाँ पुगेका थिए ।

मूल्यवान गोल
५ मार्च, १९६१
रियो दी जेनेरियो
सान्तोष भर्सेस फ्लुमिनेन्स

यो गोललाई डी प्लाकाका रुपमा मानिन्छ । यसको अर्थ शानदार गोलको पर्याय भन्ने हो । किनभने मराकाना रंगशालामा यो गोलका लागि पेलेको स्मारक बनाइएको छ ।

यो पेलेको थुप्रै गोलहरुमा पर्छ जसको भिडियो रेकर्ड भएन । तर, त्यस समयका रिपोर्टहरुमा बताइएअनुसार पेलेले आफ्ना विपक्षीविरुद्ध बल ड्रिबल गरी लगभग पूरै रंगशाला पार गरेका थिए । यो खेल सान्तोषले ३–१ ले जितेको थियो । माराकाना रंगशालाको लवीमा अहिले पनि स्वर्ण अक्षरमा लेखिएको छ– ‘५ मार्च, १९६१, पेलेले माराकाना रंगशालाको इतिहासमै सबैभन्दा सुन्दर गोल गरे ।’

कसमसका लागि उत्कृष्ट गोल
१० अगष्ट, १९७६
न्युयोर्क
न्युयोर्क भर्सेस मियामी टोरोस

पेलेले आफ्नो करिअरमा गरेको सीमित बाइसाइकल प्रहारमध्येको एक थियो यो । न्युयोर्क कसमससँग सम्झौताको अन्त्यतिर रहेका पेलेले यान्की रंगशालामा शानदार गोल गरे । यो खेलमा कसमस ८–२ ले विजयी थियो । दायाँ तर्फबाट आएको क्रसलाई पेलेले पेनाल्टी क्षेत्रमा दायाँ खुट्टा उठाएर शानदार गोल गरे ।

क्लबबाट शानदार गोल
११ अक्टोबर, १९६२
लिस्वन, पोर्चुगल
सान्तोष भर्सेस बेनफिका
इन्टरकन्टिनेन्टल कपमा बेनफिकाविरुद्धको निर्णायक खेलमा पेलेले शानदार प्रदर्शन गरे । उनले ह्याट्रिक पूरा गर्दा बेनफिकालाई ५–२ ले हराएर सान्तोष पहिलोपल्ट क्लब विश्वकप विजेता बनेको थियो । उनको दोस्रो गोल सबैभन्दा प्रभावशाली थियो ।

करिअरको अन्तिम गोल
१ अक्टोबर, १९७७
इष्ट रथरर्फोड, न्युजर्सी, अमेरिका
न्युयोर्क कसमस भर्सेस सान्तोष

यो पेलेको बिदाइ खेल थियो । पूर्व क्लब सान्तोषसँगको यो खेल न्युजर्सीस्थित जायन्ट रंगशालामा खेलाइएको हो । पेलेले दुवै टिमका लागि आधा आधा खेल खेले । पहिलो हाफमा उनी न्युयोर्क कसमसका लागि खेलेका थिए । पहिलो हाफको अन्त्यतिर उनले फ्रिकिकमार्फत शक्तिशाली प्रहार गोलमा परिणत भएको थियो । यो कसमसका लागि पेलेले खेलेको १०० भन्दा बढी खेलमा ६० भन्दा बढी गोलमध्ये एक थियो ।

यो पनि पढ्नुहोस्

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

विश्वकपको पहिलो खेलमा जापान र नेदरल्यान्ड्सबीच बराबरीमा खेल्याे

५२ मिनेट अगाडि

Dukuchhap Water Supply System Inaugurated

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो

रास्वपाको बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

आज विश्व रक्तदाता दिवस

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

पाल्पामा हालसम्म ८४२ जनामा एचआइभी सङ्क्रमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक