बुध, कार्तिक १२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार राजनीति

प्रचण्डबिनाका एमाले र कांग्रेस दुवै निरीह देखिए !

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
Reading Time: 1 min read
0
प्रचण्डबिनाका एमाले र कांग्रेस दुवै निरीह देखिए !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
नेपाली राजनीतिमा डेढ दशकयता सत्ता समीकरणमा निर्णायक प्रचण्ड नै रहे ! 
काठमाडौं /  दुई वर्षदेखिको वाम–लोकतान्त्रिक गठबन्धनलाई ‘ब्रेक’ गर्दै नेकपा एमालेसँगको सहकार्यमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको नयाँ प्रधानमन्त्री बनेका छन् । कांग्रेससँगको सहकार्यमा सत्तारुढ रहेको र चुनावमा पनि गठबन्धन गरेको माओवादीले अन्ततः प्रधानमन्त्री लगायत पदमा सहमति हुन नसकेपछि एमालेसँगको गठबन्धनलाई रोजेको हो ।
गत प्रतिनिधिसभा निर्वाचनमा ३२ सिट जित्दै तेस्रो पार्टी बने पनि माओवादी सत्ता समीकरणका लागि निर्णायक भएपछि उसको पोल्टोमा प्रधानमन्त्रीको पद परेको स्पष्ट नै छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार हटेसँगै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सघाएका प्रचण्डले यो चुनावपछि भने आफू प्रधानमन्त्रीको स्वाभाविक दाबेदार रहेको जनाउँदै आएका थिए । यसअगाडि कांग्रेसलाई सत्ताको नेतृत्व सुम्पेकाले अबको आलोपालो सरकारमा पहिला आफू प्रधानमन्त्री हुनुपर्ने प्रचण्डको भनाइ थियो । प्रचण्डको यो दाबी स्वाभाविक सुनिए पनि चुनावमा ८९ सिट जित्दै पहिलो पार्टी बनेको कांग्रेस प्रधानमन्त्री पद मात्र नभई राष्ट्रपति पद पनि माओवादीलाई नदिने अडानमा थियो । कांग्रेस सभापति देउवाको यही हठका कारण नयाँ सत्ता समीकरण बनेको हो ।
उसो त डेढ दशकयता नै माओवादी सत्ता समीकरणका लागि निर्णायक साबित हुँदै आएको छ । माओवादीको साथ विना सत्तामा पुग्न नसक्ने भएकाले कांग्रेस र एमाले पनि निरीह साबित हुँदै आएका छन् । १० वर्षे जनयुद्धपछि शान्ति प्रक्रियामा आएको माओवादीले आफू मात्र नभई कांग्रेस र एमालेलाई पनि यही निर्णायक शक्ति प्रयोग गर्दै धेरैपटक सत्ताको नेतृत्व दिलाइसकेको छ । स्वयं माओवादी पनि सत्ताको केन्द्रमा नै छ ।
शान्ति प्रक्रियापछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वमा बनेको अन्तरिम सरकारमा माओवादीबाट पनि मन्त्री बनेका थिए । त्यसपछि भएको २०६४ को संविधानसभाको चुनावमा पहिलो पार्टी बन्दै माओवादीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भयो । तर, तत्कालीन सेना प्रमुख रुक्मांगद कटुवालका कारण प्रचण्ड आफैं राजीनामा दिएर सरकारबाट हट्नु प¥यो ।
त्यसपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको मन्त्रिमण्डलमा माओवादी सहभागी भयो । २०६८ मा माओवादीकै तत्कालीन नेता डा. बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो । त्यसपछि २०७२ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीले फेरि स्थान पायो । तर, त्यो सरकारलाई ढाल्दै माओवादीले कांग्रेससँग मिलेर सरकार बनायो, जसको नेतृत्व प्रचण्डले गरेका थिए । तर, त्यो सरकार पनि स्थिर हुन सकेन । फेरि कांग्रेसका शेरबहादुर देउवाको नेतत्वमा सरकार बन्यो, जसमा माओवादी सहभागी थियो । देउवा नेतृत्वको सरकारले गराएको स्थानीय तह चुनावमा कांग्रेससँग मिलेको माओवादी प्रतिनिधिसभा र प्रदेशसभामा भने एमालेसँग वाम गठबन्धन गर्न पुग्यो । लगातार जनमत गुमाउँदै गएको माओवादीले यस निर्वाचनमा भने धेरै स्थानमा जित हासिल ग¥यो ।
त्यतिबेला एमाले र माओवादीबीच एकता भई नेकपा नै गठन भयो । तर, दुई अध्यक्ष ओली र प्रचण्डबीच कुरा नमिल्दा नेकपा भंग भयो । बहुमत पाएको नेकपा ३ वर्षमै सरकारबाट बाहिरिनुप¥यो । आन्तरिक कलहका कारण आफ्नै सरकार ढालेको माओवादीले फेरि देउवा नेतृत्वको सरकार मात्र बनाएन, हालै सम्पन्न चुनावमा कांग्रेसलगायत दलसँग गठबन्धन पनि ग¥यो । तर, सहमति पालना नभएपछि माओवादीले एमालेसँग मिलेर सरकार गठन गरेको छ ।
डेढ दशयताको राजनीतिक चक्र हेर्दा प्रचण्ड सधैं नै सत्ता समीकरणका लागि केन्द्रमा देखिएका छन् । तर, उनकै पार्टी भने निरन्तर खुम्चँदै गएको छ । यस्तो अवस्थामा वर्तमान सरकार र स्वयं प्रचण्डलाई पनि आफ्नो र पार्टी छवि उकास्ने यो सुनौलो मौका भएको विश्लेषकहरुले जनाएका छन् । देशको बिग्रँदो अर्थतन्त्र, बढ्दो महँगी, गरिब र श्रमजीवी वर्गको जीवनस्तरमा कुनै सुधार हुन नसकेको अवस्थामा परिवर्तन ल्याउने अवसर प्रधानमन्त्री प्रचण्डले पाएका छन् । नयाँ सरकारको पहिलो मन्त्रिपरिषद बैठकले पनि अर्थतन्त्रदेखि हरेक क्षेत्रमा लामो लाइन बस्नुपर्ने, सरकारी सेवा पाउनुपर्ने अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थालाई सुधार्ने गरी काम गर्ने निर्णय गरेको छ । यसको प्रभावकारी रुपमा कार्यान्वयन गरेमा मात्र पनि प्रचण्डको हाइहाई हुने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
प्रचण्ड स्वयंले पनि आफ्ना अघिल्ला कार्यकाल अनुभव हासिल गर्नमा नै बितेको सार्वजनिक रुपमा जनाउँदै आएका छन् । देश विकासको हुटहुटी आफूमा अझै रहेको र त्यसलाई कार्यान्वयन गर्न प्रधानमन्त्री बन्न लागेको उनको भनाइ थियो । लगातार अन्य दलका शीर्षस्थ नेतालाई प्रधानमन्त्री बनाएका र सत्ता समीकरणमा निर्णायक भूमिका रहेका प्रचण्डले त्यो अवसर आफैंले एक पटक फेरि प्राप्त गरेका छन् । त्यसलाई कार्यान्वयनमा चरणमा लैजाने जिम्मेवारीमा उनी कति खरो रुपमा उत्रिन सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।  जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

पाँच लाख छ हजार मेट्रिक टन ग्यास आयात

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

६ घण्टा अगाडि
Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

अति भारी वर्षा हुनसक्ने सतर्कता अपनाउन अनुरोध

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भ्याट बिल दिनुपर्ने निगमको समर्थन

सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन माग

बोल्सोनारो परिवारलाई अमेरिकी भिसा उपलब्ध गराउने निर्णय

आज सुदूरपश्चिम र पोखराबीच खेल हुने

एडिबिएल स्मार्ट प्लस एपबाट डिसहोमका सेवाहरू नवीकरण गर्न सकिने

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक