बुध, असार १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

डलरको भाउमा नयाँ रेकर्ड कायम

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
रुस विरुद्धको आर्थिक नाकाबन्दीले यसरी निम्त्यायो अमेरिकी डलर विरुद्धको विद्रोह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकी डलरको भाउ अकासिएर नयाँ रेकर्डमा पुग्यो । निरन्तर भाउ बढेर नयाँ रेकर्ड बनाउँदै मंगलबार एक अमेरिकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको विदेशी मुद्रा विनिमय दरअनुसार मंगलबार एक अमेरिकी डलरको बिक्री दर १३३ दशमलव ५४ रुपैयाँ कायम भएको थियो । यसअघि गत २२ भदौमा एक अमेरिकी डलरको मूल्य १३३ रुपैयाँ ४४ पैसा थियो । सो दिनभन्दा मंगलबार एक अमेरिकी डलरको मूल्यमा १० पैसाले बढेको हो ।

राष्ट्र बैंकले निर्धारण गरेको विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९४ पैसा पुगेको छ । यसअघि गत २२ भदौमा एक अमेरिकी डलरको खरिद मूल्य १३२ रुपैयाँ ८४ पैसा कायम भएको थियो ।

हाल विश्व बजारमा डलरको माग बढ्दा मुल्य यसरी अकासिएर उच्च बिन्दुमा पुगेको हो । हाल अन्तर्राष्ट्रिय मुद्रा कारोबारको बजारमा भारतीय मुद्रा कमजोर हुँदा अमेरिकी डलर महँगिएर नेपाली रुपैयाँ सबैभन्दा सस्तो भएर झरेको हो । हाल नेपाली रुपैयाँ र भारतीय मुद्राबिच स्थिर विनिमय दर कायम छ ।

अहिले नेपाली १६० रुपैयाँ बराबर भारु १०० रुपैयाँ छ । सोही कारण भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि सस्तो भएको हो । हाल एक अमेरिकी डलर बराबर ८३ दशमलव १३ भारतीय रुपैयाँ विनिमय दर निर्धारण भएको छ ।

विशेषगरी, अमेरिकी फेडरल रिजर्भ बैंकले फेरि ब्याजदर बढाउने चर्चा चलेसँगै विश्वका लगानीकर्ताले डलरको माग बढाउँदा मजबुत बनेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ब्याजदर बढ्दा विश्वका लगानीकर्ता अमेरिकामा लगानीका लागि आकर्षित हुन जान्छन्, यसले स्वतः डलरको माग बढ्न जान्छ । त्यसै पनि अहिले फेडले तोकेको सन्दर्भ ब्याजदर २२ वर्षयताकै उच्च हो । हाल फेडको सन्दर्भ ब्याजदर ५ दशमलव २५ देखि ५ दशमलव ५० प्रतिशत छ ।

डलरको भाउ बढ्नु भनेकै भारतीयसँगै नेपाली मुद्रा कमजोर हुनु हो । नेपाली मुद्रा कमजोर हुँदा विदेशी वस्तु आयात गर्दा बाहिरिने रकम बढ्न जान्छ । यसले मुलुकको व्यापार घाटा बढ्न गई सञ्चित विदेशी मुद्रामा समेत असर पर्न जान्छ । नेपाली रुपैयाँ कमजोर हुँदा वैदेशिक ऋण लगानी भुक्तानीको दायित्वसमेत बढ्छ । विदेशबाट लिएको ऋणको साँवा ब्याज भुक्तानीका लागि पनि धेरै रकम तिर्नुपर्छ ।

विगतका वर्षको तुलनामा पछिल्लो समय भारतमा आयात फराकिलो हुँदै गएको छ । मूल्यवृद्धि दर बढ्ने प्रक्षेपण रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गरेको छ । यसरी निरन्तर भाउ बढेर डलरको भाउले नयाँ रेकर्ड बनाएपछि अब नेपाली उपभोगका लागि आयात हुने हरेक वस्तु तथा सामानको मूल्यसमेत थप बढ्ने छ । आयात बढ्दा विदेशी मुद्राको भण्डारणमा कमी आउँछ । जसले गर्दा डलरको माग बढेर भारु कमजोर भएको सम्बन्धित विज्ञले बताएका छन् ।

यस्तो, अप्ठ्यारो अवस्थामा कतिपय विदेशी लगानीकर्ताले आफ्नो पैसा झिकेर फिर्ता लैजान थालेको खबर पनि सार्वजनिक भइरहेको उनीहरूको भनाइ छ ।

अन्तर्राष्ट्रिय मुद्रा बजारमा डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपाली नागरिकले स्वदेश पठाउने रेमिट्यान्स आयमा भने वृद्धि हुन्छ । नेपाल राष्ट्र बैंकको जेठसम्मको तथ्यांकअनुसार नेपालमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यसरी बढेको अमेरिकी डलरको भाउ वृद्धिले देशको निर्यात व्यापारलाई भने केही राहत मिल्ने छ । तर, वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो पर्ने छ । वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ । विदेशमा बसेर अमेरिकी डलरमा पारिश्रमिक बुझेर नेपालमा रेमिट्यान्स पठाउनेहरू भने निरन्तर भाउ बढेर नयाँ रेकर्ड बनाएको अमेरिकी डलरबाट मालामाल भएका छन् । उनीहरूले विदेशमा बसेर कमाएको डलरलाई नेपाली रुपैयाँसँग साट्दा धेरै कमाइ हुने गरेको छ ।

यसरी डलरको भाउ अकासिएपछि नेपाली हस्तकलाजन्य उत्पादनलगायत नेपाली निर्यातजन्य समानका निकासीकर्ताको आम्दानीसमेत बढ्छ । हाल निर्यात हुने वस्तुभन्दा पनि नेपालले ठूलो मात्रामा आयात गर्ने सामानको परिणाम धेरै हुने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने आयातित सामान तथा सेवाहरू थप महँगो पर्ने उनीहरूको भनाइ छ । गत जेठसम्म १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँको आयात भएको थियो । महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्य वृद्धिमा यसको चाप देखिने छ ।

बढ्दो पेट्रोलियम पदार्थ र डलरको मूल्यका कारण नेपाल भित्रिने यस्ता आयातित सामानको मूल्य थप महँगिने छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागेको भन्दै अहिले नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको भाउ धमाधम बढाउन सुरु गरिसकेको छ ।

सम्बन्धित सरोकारवालाका अनुसार यसरी अकासिएको डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ । त्योभन्दा धेरै नोक्सानी छ । हरेक वस्तु आयातमा निर्भर मुलुकको अर्थतन्त्र भएका कारण यसरी अकासिएको डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ । डलरमा तिरेर विदेशबाट आउने सामानको मूल्य थप बढी पर्नेछ ।

भारत तथा तेस्रो मुलुकबाट आउने गाडी, मोबाइल फोन, विद्युतीय सामान, लत्ताकपडा, सिंगारका सामग्रीलगायत सबै आयातित सामान अझै महँगो पर्ने छन् । चीनबाट आउने सस्ता सामानको भाउमा समेत अहिले बढेको डलरको असर पर्नेछ । डलरको मूल्यमा हुने थपघटका आधारमा यूआनको भाउ पनि निर्धारण हुन्छ ।

विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा समेत यसरी बढेको डलरको भाउ वृद्धिले लागत मूल्य अझै बढ्ने छ । उत्पादित वस्तुको लागत खर्च वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्ने उनीहरूको भनाइ छ ।

डलर भाउ बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा समेत अतिरिक्त भार पर्छ । सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनालाई समेत यसरी नयाँ रेकर्ड कायम गर्दै बढेको डलरको भाउले बढी पैसा तिर्नुपर्ने हुन्छ । यसैगरी, शैक्षिक अध्ययनका लागि नोअब्जेसन लेटर (एनओसी) लिएर विदेशी कलेजमा पढ्न जाने नेपाली विद्यार्थी, औषधी उपचार गर्न जानेहरू, पर्यटक भएर विदेश भ्रमण जाने नेपालीलाई समेत यसरी भाउ बढेको अमेरिकी डलरले निकै समस्या पार्ने सम्बन्धित सरोकारवालाको भनाइ छ ।

यो पनि पढ्नुहोस्

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

सरकारले रोकेको सवारीसाधनको दर्ता आंशिक खुला

९ घण्टा अगाडि
सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

सियोनको स्वर, योगेन्द्र शब्द संगीतमा ‘कहीँ नभाको जात्रा’ सार्वजनिक 

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

बुद्धका आँखाहरू: बौद्ध स्तूपको जीवन्तता

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नर्वे विश्वकपको नकाउट चरणमा प्रवेश

प्रथम उपमेयर कप खो खो प्रतियोगिता

चारवटा अध्यादेश अलपत्र

फ्रान्स विश्वकपको अन्तिम ३२ मा प्रवेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक