आइत, जेष्ठ १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home सम्पादकीय

चिनियाँहरु अपराधी नै हुन् कि बनाइएका हुन् ?

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रचण्ड सच्चिने कि विप्लव पनि बिग्रिने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

नेपालमा अहिले सुन तस्करीको विषय चर्चामा छ । तस्करहरुले सुरक्षा निकायको बलियो उपस्थिति रहेको नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नै सुन तस्करी गरेको पाइएको छ । पछिल्लो समय तस्करहरुले सुन तस्करीका लागि विद्युतीय चुरोट भेप र ब्रेक सुको प्रयोग गरेको खुलेको हो । नेपालको प्रमुख हवाई अड्डाबाट यसरी खुलेआम तस्करी भइरहँदा राज्यको निकाय रोक्नभन्दा आफैं संलग्न भएको खबर सार्वजनिक भएका छन् । सरकारका कर्मचारी जो विमानस्थल, भन्सार, प्रहरीमा छन्, उनीहरुले नै तस्करीलाई सघाएको पाइएको छ । यसमा उच्चस्तरका कर्मचारी, नेता तथा तिनका आफन्त पनि संलग्न भएको आरोप छ । साथै, विदेशी नागरिक पनि जोडिएको र उनीहरु लामो समयदेखि तस्करीमा संलग्न रहेको अनुसन्धान अधिकारीहरुले जनाएका छन् ।

नेपालमा सुन तस्करी विशेषगरी, हङकङ, सिंगापुर, दुबई जस्ता देशबाट हुने गरेको छ । यस्ता देश हुँदै नेपाल आएको सुनको प्रमुख गन्तव्य भने भारत हुने गरेको छ । भारतमा धेरै माग रहेको सुनको तस्करीमा संलग्न भएको आरोपमा अहिले केही चिनियाँ नागरिकहरु नेपालबाट पक्राउ परेका छन् । विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने समूहका एकजना चिनियाँको डेरामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ । तस्करीमा संलग्न चिनियाँ नागरिक दाओजिन वाङ बस्ने सीतापाइलास्थित डेरामा छापा मारिएको हो । फरार रहेका उनको डेराबाट डिजिटल सेफ बरामद गरिएको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन र विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गर्ने समूहबीच सम्पर्क देखिएको पनि सीआईबीले जनाएको छ ।
सीआईबीले ६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको दाबी गरेको छ । एलेक्स भनेर चिनिने याओ पुचेङ्ग र अलि भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् । भारतको राजस्व अनुसन्धान निर्देशनालय (डीआरआई)ले सञ्चालन गरेको अपरेसन ‘गोल्डेन ट्याप’ र ‘मोल्टेन मेटल’ मा पनि अहिले पक्राउ गरिएको चिनियाँहरू संलग्न देखिएका थिए । यद्यपि, यसअघि नेपालमा भएका अन्य साइबरसम्बन्धी अपराधमा पनि चिनियाँ नागरिक पक्राउ परेका थिए । यी घटनाले छिमेकी देश चीनका नागरिको अपराध भूमि नेपाल बन्ने त होइन भन्ने जोखिम देखिएको छ ।

नेपालले चिनियाँ नागरिकलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न निश्चित अवधिसम्म भिसा निःशुल्क गरेको छ । त्यसकारण पछिल्लो समय चिनियाँ नागरिकहरुको नेपालमा आगमन बढेको छ । यसले पर्यटन क्षेत्रलाई टेवा दिएको छ । तर, केही चिनियाँ नागरिक आपराधिक क्षेत्रमा संलग्न भएको पाउनु दुवै देशका लागि राम्रो विषय होइन । पहिलो त उनीहरुको अपराधलाई पुष्टि आवश्यक छ । दोस्रोतर्फ यस्तो अपराधमा संलग्न चिनियाँहरुलाई कारबाहीमा चीन र नेपाल दुवै पक्षको सहकार्य अत्यावश्यक छ । नेपाल र चीनबीचको लामो समयदेखिको परम्परागत मित्रलाई यस्ता आपराधिक गतिविधिले खलल पार्न सक्ने भएकाले पनि दुवै पक्ष चनाखो बन्नुपर्ने बेला आएको हो । जनधारणा साप्ताहिकबाट

यो पनि पढ्नुहोस्

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

पाँच दिने चलचित्र छायाङ्कन तालिम सुरु

४८ मिनेट अगाडि
केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

केपी शर्मा ओलीको राजीनामा माग्ने क्रम बढ्याे

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक