सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
पर्यटन प्रवर्द्धन सक्रिय ताप्लेजुङका स्थानीय तह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

फुङ्लिङ । जिल्लामा रहेका पर्यटकीय सम्पदाहरूको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएका छन् । धार्मिक पर्यटन, साहसिक पर्यटन, हिमाल आरोहणमा जोड दिँदै एक नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लाका स्थानीय तहरुहरुले नयाँ पर्यटकीय क्षेत्रहरूको पहिचान गर्नेदेखि पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको पाइन्छ ।

फक्ताङलुङ गाउँपालिकाले कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकहरूको लागि गाउँपालिकामा पर्यटन भित्र्याउनका लागि पहिलो सडक विस्तार तथा पदमार्ग निर्माणमा जोड दिएको छ । यस गाउँपालिकामा विश्वको अग्लो कञ्चनजङ्घा र कुम्भकर्ण (फक्ताङलुङ) हिमाल छ भने सिङ्जेमा ताल, करिब चार सय वर्ष पुरानो दिकी छ्योलिङ गुम्बा, मानभारालगायत थुप्रै पर्यटकीय स्थल पर्दछन् ।

उच्च हिमाली क्षेत्रहरूमा अक्सिजनको व्यवस्थापन, ओलाङचुङगोला बस्ती नजिकै रहेको सिङ्जेमा तालमा जाने पदमार्ग र सार्वजनिक शौचालय निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापक गरिएको पालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । उहाँका अनुसार दुई छिमेकी मुलुक चीन र भारतलाई जोड्ने रणनीतिक तथा व्यापारिक महत्वको निर्माणाधीन तमोर कोरिडोरको ट्याक खोल्ने काम अन्तिम चरणमा पुगेको छ भने कञ्चनजङ्घा हिमाल प्रवेशद्वार फक्ताङलुङ गाउँपालिका-घुस्सा बस्तीसम्म मोटरबाटो विस्तार गर्ने कार्यक्रम छ ।

मध्यपहाडी भूभाग हुँदै भारतको जोगबनीलाई चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोड्नेछ । तमोर कोरिडोरमार्फत यसै आर्थिक वर्षका भारत, नेपाल र चीन सडक सञ्जालले जोड्नेछ । पर्यटकीय क्षेत्रहरूको सहज जानकारी उपलब्ध गराउनका लागि पर्यटन सूचना केन्द्र स्थापना गरिने भएको छ । चीनसँग कोरिडोरले जोडिएसँगै फक्ताङलुङ गाउँपालिका मात्र नभएर जिल्लामै ठुलो पर्यटकहरू चहलपहल हुने ताप्लेजुङवासीले अपेक्षा गरेका छन् ।

जिल्लाकै एक मुख्य पर्यटकीय सम्पदाले भरिपूर्ण रहेको मिक्वाखोला गाउँपालिकामा अविरल झरिरहने फुङ्फुङ्गे झर्ना जिल्लाकै एक पर्यटकीय गन्तव्यभित्र पर्दछ । अर्को पालिका केन्द्रदेखि नजिकै रहेका वाक्मा पोखरी पनि यस क्षेत्रको पयटकीय क्षेत्रमा पर्दछ । गाउँपालिका केन्द्र नजिकै रहेको पोखरीहरूको राजधानी भनिने लोदेन क्षेत्र यसै गाउँपालिकामा पर्दछ । समुद्र सतहदेखि चार हजारदेखि माथि रहेको यस क्षेत्रमा लामपोखरी, कुइने पोखरी, हाँसपोखरी, सुनपोखरी, भूतपोखरीलगायत एक सयभन्दा बढी पोखरी छन् । यस क्षेत्रमा पोखरीहरूको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरू पुग्ने गरेको स्थानीयवासी तेन्जिङ शेर्पा बताउनुहुन्छ ।

त्यस्तै समुद्र सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित तोक्पेगाला क्षेत्र अर्को प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछ । तोक्पेगोलामा बस्तीको दायाँ मनमोहक झर्ना छ भने बायाँतिर जोङलुङ गुम्बा र धार्मिक महत्त्व बोकेको भूत पोखरी रहेको छ । बस्तीमाथि सोदु पोखरीलगायत दर्जनौँ पोखरीहरू छन् ।

मिक्वाखोला गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्नका लागि समुन्द्र सतददेखि चार हजारमाथि रहेको लोदन क्षेत्रमा गोठस्टेका लागि सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको गाउँपालिकाका उपाध्यक्ष डण्डु लामाले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन गर्नका लागि लिम्बू समुदायको माङहिम निर्माण गर्न पनि बजेट विनियोजन गरिएको छ । उहाँका अनुसार गाउँपालिका केन्द्र नजिकै रहेको फुङ्फुङगे झर्ना शृङ्गार गर्न लागि सङ्घीय सरकारबाट एक करोड बजेट विनियोजन भएको छ ।

सिदिङवा गाउँपालिकाको-७ मा अवस्थित देशकै प्रसिद्ध तिम्बुङ पोखरी धार्मिक तथा अन्य पर्यटकको गन्तव्यस्थल हो । यहाँको ढङ्ढङगे झर्ना, चमेरे गुफा, काबेली माङहिम र सिदिङवाधाम पनि पर्यटकीय आकर्षणका स्थलहरू हुन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा पर्यटन प्रवर्द्धन गर्नका लागि २६ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो ।

मैवाखोला गाउँपालिकाले बृहत् पर्यटन प्रवर्द्धन गुरुयोजना तयार गरी पर्यटकीय क्षेत्रहरूको विकास र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ । ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल ओसाङलु पनि मैवाखोला गाउँपालिकाको एक पर्यटकीय गन्तव्यभित्र पर्दछ ।

यस क्षेत्रमा प्रमुख पर्यटकीय क्षेत्रहरूमा गुराँसको राजधानी तीनजुरे मिल्के पर्दछ । तीनजुरे मिल्के तेर्थुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल पनि हो । यस क्षेत्रमा चैत वैशाखमा महिनामा गुराँस फुल्ने गर्दछ । गुराँस फुल्ने समयमा गुराँसको अवलोकन गर्ने आउने पर्यटकहरूको चहलपहल बढी हुने गर्दछ । मैवाखोला गाउँपालिकाले यस क्षेत्रमा गुराँस पार्क निर्माण गर्नका लागि गुरुयोजना बनाउनका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपियाँ बजेट विनियोजन गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।

जिल्लाको सदरमुकाम रहेको फुङ्लिङ नगरपालिका भएर नै अधिकांश पर्यटकहरू जिल्लाका अन्य  पर्यटकीय क्षेत्रहरूमा घुम्न जाने गर्दछन् । विश्वप्रसिद्ध धार्मिक स्थल पाथीभरा फुङ्लिङ नगरपालिकाको मात्र नभएर जिल्लाकै प्रमुख धार्मिक स्थल हो । पाथीभरा मन्दिरमा दैनिक रूपमा देश विदेशदेखि दर्शन गर्न हजारौँको सङ्ख्यामा आउने गर्दछ ।

सदरमुकाम नजिकै रहेको सिद्धि डाँडासमेत आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । शिवालय मन्दिर र पोखरी रहेको सिद्धि डाँडामा विभिन्न संरचना निर्माण र प्रचारप्रसार हुन थालेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । सुकेटार विमानस्थल नजिकै रहेको सन लाइट भ्यु पाइन्ट (सूर्योदय) फुङ्लिङ नगरपालिकाको एक पर्यटकीय गन्तव्य बनेको छ । फुङ्लिङ नगरपालिकाले पर्यटन प्रवर्धन समिति बनाएर फुङ्लिङ नगरपालिकाभित्रको पर्यटकीय क्षेत्रहरूको गुरुयोजना बनाउने तयारीमा रहेको नगर प्रमुख अमिर मादेनले बताउनुभयो ।

सिदिङवा गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजङ्घा हिमाल नै हो । यस हिमालको आधार शिविरसम्म सडक पुर्‍याउन ट्याक खोल्ने काम भइरहेको सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा.चित्र माबोले बताउनुभयो । कञ्चनजङ्घा हिमालको अवलोकन गर्न जाने पर्यटकलाई लक्षित गरेको गाउँपालिकाले होमस्टे प्रवर्द्धन कार्यक्रम गर्ने गाउँपालिकाले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका-६ मामांखे गाउँमा रहेको लिम्बू सङ्ग्रहालय पनि एक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजाने गाउँपालिकाले जनाएको छ । लिम्बूका अनुसार सिरिजङ्गा गाउँपालिकामा मुन्धमी लाम मुन्धमी पदमार्ग निर्माण गर्ने योजनामा छ । लिम्बू समुदायको मुन्धुम र राई जातिको पुरानो धार्मिक ग्रन्थ र लोकसाहित्य हो । पदमार्गमा आउने विभिन्न संरचना तथा सामग्रीहरू प्रस्तुत गर्नेगरी गुरुयोजना बनाउने गाउँपालिकाले जनाएको छ ।

मेरिङदेन गाउँपालिकाको प्रमुख पयटकीय स्थलहरूमा गुराँसे पोखरी, मेरिङदेन झर्ना पर्दछ । र्‍याप्टिङका लागि दोभान उपयुक्त क्षेत्र मानिन्छ । त्यस्तै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले मेरिङदेन चौतारी पार्क निर्माण गरेको मेरिङदेन गाउँपालिकाका अध्यक्ष युकवीर हांग (डम्बर) ले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटकीय क्षेत्रहरूमा माहाछिरुङ माङगेना एक साथै विभिन्न गुम्बा यस गाउँपालिकाका पर्यटकीय क्षेत्रहरू पर्दछन् ।

पर्यटन प्रवर्द्धन गर्नका लागि गाउँपालिकाले चालु आवमा मेरिङदेन झर्ना जाने पदमार्गका लागि १५ लाख रुपियाँ कोशी प्रदेश सरकारबाट बजेट विनियोजन भएको गाउँपालिकाले जनाएको छ । गुराँसे पोखरीको सौन्दर्यका लागि गाउँपालिकाले केही रकम विनियोजन गरेको मेरिङदेन गाउँपालिका अध्यक्ष हांगामले बताउनुभयो । त्यस्तै धार्मिक पर्यटन प्रवर्द्धन र मेरिङदेन चौतारी पार्क निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

सदरमुकाम फुङ्लिङ बजारदेखि नजिकै रहेको गाउँपालिका केन्द्र पाथीभरा याङवरकमा धार्मिक महत्त्व बोकेका धार्मिक पर्यटकीय स्थलहरू छन् । यस गाउँपालिकामा रहेका धार्मिक महत्त्वको पर्यटकीय क्षेत्रहरू केसामी नाम्सनी, थाप पोखरी, धर्ती भाटा तथा गुरुङ गुम्बाहरू पर्दछन् । गुम्बा निर्माण गर्न केही गोरेटो बाटो मर्मतका लागि  गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो । रासस

यो पनि पढ्नुहोस्

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

पर्वतारोहण रकम विभाज्य कोषमा जम्मा गर्न आग्रह

१ महिना अगाडि
विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

विश्वको चौथो अग्लो हिमाल ल्होत्से आरोहण गर्ने तयारीमा

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नारायणी अस्पतालमा पहिलो पटक एचटिसी सञ्चालन

नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट बाहिर निस्किन असफल

रास्वपा प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने

इलाका प्रहरी कार्यालय कृष्णानगर द्वारा अबैध चल्ला नष्ट

उपराष्ट्रपतिसँग श्रीलंकाली राजदूतबीच भेटवार्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक