आइत, बैशाख ६, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनआईसी एशिया बैंकले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।

कर्मचारीहरुबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबद्र्धन गर्ने उद्देश्यअनुरुप आयोजित प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बैंकका ३९ सय भन्दा बढी कर्मचारीहरुको उत्साहपूर्ण सहभागीता भएको बैंकले जनाएको छ ।
सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरुको निर्णायक खेल काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको हो । लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो ।
खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदूरपश्चिम प्रदेश बीकी रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित काकी रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

यस खालको प्रतियोगित नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारी सहित कुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैंकको विवरण छ ।

प्रतियोगिता समापन कार्यक्रममा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैंकका कम्पनी सचिव दिपेन कार्की, बैंकको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो ।

कर्मचारीहरुका लागि ‘बैंक अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रुपमा अगाडि बढिरहेको एन आई सी एशिया बैंकले आफ्ना कर्मचारीहरुलाई अतिरिक्त क्रियाकलापहरुमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भाद्र २ गते सम्पन्न भएको थियो । प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरु कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए ।

यसैबीच  नेपालका नाम चलेका ब्राण्डहरुले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरु उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । जसमा स्टिङ्ग, जि स्पोटर््स, झापा एफसी, एन आई सी एशिया बैंक कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआद थाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लब हाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् ।

यो पनि पढ्नुहोस्

झापा महिला गोल्डकप फुटबलको आज फाइनल

भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा

२१ घण्टा अगाडि
साफमा नेपालको सहभागिता गम्भीर संकटमा

साफमा नेपालको सहभागिता गम्भीर संकटमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रास्वपाकाे सचिवालय बैठक आह्वान

संयुक्त राष्ट्रसङ्घको बाध्यकारी दायित्व

सुदृढीकरणको नयाँ वातावरणका रूपमा लिनुपर्ने

नेपाल आउँदै अमेरिकी सहायक विदेशमन्त्री

स्थानीय वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक