शनि, जेष्ठ ९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद हाम्रो गन्तब्य

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
सामाजिक न्यायसहितको वैज्ञानिक समाजवाद हाम्रो गन्तब्य
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

-अग्नि सापकोटा, प्रवक्ता नेकपा (माओवादी केन्द्र)

हाम्रो नेतृत्वमा बनेको संविधानमा लोकतन्त्रका सबै आयामलाई समेटिएको छ । नेपाली मौलिकता र विशेषतालाई ध्यान दिइएको छ । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसैगरी लोकतन्त्रात्मक, समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भन्ने कुरा संविधानमा स्पष्टसँग उल्लेख गरिएको छ । यो हाम्रो निकै ठूलो दुरगामी महत्वको सफलता हो । यसलाई हामीले सामाजिक न्याय सहितको समाजवादका रुपमा व्याख्या र विश्लेषण गरेर कार्यान्वयन गर्न सुरु गर्नु पर्दछ । समाजवाद कसरी निर्माण गर्ने, यसलाई कसरी खँदिलो बनाउने र विकास गर्ने भन्ने जस्ता विभिन्न आधारभूत प्रश्नहरुको स्पष्ट र क्रमिक जवाफ दिनु पर्दछ । हाम्रा जवाफहरुले माक्र्सवादमा नयाँ दृष्टिकोणको प्रादुर्भाव, नयाँ पद्दतिको सुरुवात र समाजवादको बुझाईलाई नयाँ वैज्ञानिक स्तरमा उठाउने छ ।
माक्र्सवाद स्थिर छैन । यो समाजको गति, हाम्रो अभ्यासको प्रगति र विज्ञानको विकाससँगै अगाडि बढ्ने हो । सामाजिक न्याय सहितको समाजवादको विकास गर्नु हाम्रो ठूलो उद्देश्य हो । हामी विकासगत दृष्टिकोणले समाजवादमा आवद्ध रहनु पर्दछ । समाजवादको अन्तरनिहित आवश्यकता भनेको निष्पक्षता र न्याय हुन् । हामीले जनतामा संयोजित कार्यहरुमा भर पर्दै आर्थिक र सामाजिक विकासको आधारमा समाजिक निष्पक्षता एवं न्याय निश्चित गर्न आवश्यक संस्थाहरु विकास गर्नु पर्दछ । समाजका विभिन्न विषयहरु मध्ये समान अधिकारहरु, समान अवसरहरु र सबैका लागि स्वच्छ नियमहरु भएको अवस्था सुनिश्चित गर्नु पर्दछ । स्वच्छ सामाजिक वातावरण बढाउन र शासन व्यवस्था र विकासमा जनताको सहभागिताको समान अधिकार सुनिश्चित गर्नु पर्दछ ।
“नेपालमा समाजवादको स्थापना हाम्रो रणनीतिक लक्ष्य एवं कार्यभार हो । हाम्रा सबै नीति, कार्यक्रम र आचरण २१ आंै शताब्दी अनुरुपको समाजवादी नेपाल निर्माण गर्नमा नै अभिमुख हुनेछ । समाजवाद उन्मुख सम्बृद्धि हासिल गर्नुलाई तत्कालको मूल कार्यभार बनाउदै समाजवादको आधार तयार पार्दै अन्ततः समाजवादको लक्ष्य पुरा गरिने छ ।”
वर्तमान संविधानले समाजवादको लक्ष्य निर्धारण गरेपनि त्यसको स्पष्ट व्याख्या गरेको छैन । हाम्रो पार्टी नेकपा(माओवादी केन्द्र) वैज्ञानिक समाजवादको मूल मान्यतामा आधारित समाजवाद निर्माणको पक्षमा छ । अन्य देशहरुमा अभ्यास गरिएका समाजवादको यान्त्रिक अनुकरण गरिने छैन वरु त्यसबाट शिक्षा लिदै नयाँ मोडेलको समाजवादको विकास गरिने छ । समाजवादलाई श्रमजीवी वर्ग र सिङ्गो मानव जातिको मुक्तिमा केन्द्रित राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिकसहित समग्र प्रणालीको आत्मसात गरिने छ । मानवमाथि हुने सबै प्रकारका भेदभाव तथा उत्पीडनको अन्त्य, व्यक्ति तथा मानव समाजको सर्वत्तोमुखि विकास एवं पूर्ण स्वतन्त्रता र प्रकृति एवं पर्यावरणको रक्षा, सन्तुलन हाम्रो समाजवादको मूल अन्तर्य हुनेछ । २१ औं शताब्दी अनुरुप नेपाली विशिष्टतामा आधारित नेपाली मोडेलको समाजवाद लोकतन्त्रको उच्चतम् रुप हुने छ । त्यसमा व्यक्तिगत स्वतन्त्रता, लोकतान्त्रिक अधिकार र स्वस्थ प्रतिश्पर्धा सुनिश्चित गरिने छ ।
समाजवाद मानिसलाई पूर्ण र स्वतन्त्र बनाउने आन्दोलन हो । यो आधारभूत रुपमा नयाँ सँस्कृति र सभ्यताको अभियान हो । समाजवाद मुख्यतः मूल्यसँग जोडिएको व्यवहार हो । समाजवाद गुणात्मक रुपमा एक नयाँ समाज पनि हो । यो विशेषत आधुनिक वैज्ञानिक एवं प्राविधिक उपलब्धिहरुमा आधारित आफ्नै राष्ट्रिय अर्थतन्त्रको श्रृजना गर्ने आवश्यकतामा आधारित हुन्छ । विकासका क्रममा राष्ट्रिय चेतनाको विकास र जनतामा समाजवादी विचारधारा अपनाउन उत्प्रेरित गर्नु पर्दछ । त्यसखालको वातावरण बनाउन वैचारिक कामका साथसाथै सामाजिक एवं राजनैतिक लोकतान्त्रिक संगठनहरु निर्माण, विकास, विस्तार र सुदृढीकरण अभियानहरु चलाउनु पर्दछ ।
वास्तविक लोकतान्त्रिक तरिकाले समाजको सवलिकरण गर्नु, किसानहरुको हित अनुकूल भूमि व्यवस्थापनका समस्या समाधान गर्नु, श्रमिकहरुलाई सुखी, संमृद्ध बनाउने नीति, योजना र कार्यक्रम कार्यान्वयन गर्नु, जनसमुदायका बीचमा मित्रता र भातृत्वको विकास गर्नु अभियानका मुख्य लक्ष्य हुनु पर्दछ । वौद्धिक क्षेत्रतर्फ विचारमा नेतृत्वदायी भूमिका खेल्नु पर्दछ । शैक्षिक तथा साँस्कृतिक विकासको उच्चस्तर कायम गर्नु पर्दछ । वौद्धिक, नैतिक एवं शारीरिक शक्तिको अविरल विकास नै समाजवादका विशेषताहरु हुन् । समुदायका बीचमा सामुहिकता, मित्रता, एकता र सहयोगमा आधारित जीवनपद्धति समाजवादको अर्को महत्वपूर्ण विशेषता हो । जनसमुदायलाई सच्चा देशभक्त र सदाचारी हुन सदैव उत्प्रेरित गरिरहनु पर्दछ । यी उल्लेखित मान्यतालाई व्यवहारमा प्रस्तुत र स्थापित गर्दै समाजवादको नमूना पेश गर्न उद्धत रहनु पर्दछ ।
समाजवाद श्रम, ज्ञान, प्रतिभा, सिप तथा सिर्जनाको सम्मान गर्ने अभियान हो । काम गर्ने व्यक्तिहरुको हितको संरक्षण गर्ने र अधिकार सुनिश्चित गर्ने सर्वोत्तम राज्यव्यवस्था समाजवाद हो । हामीले उन्नत समाजवादको नमूना प्रस्तुत गर्न जनताको बुद्धि र बलको प्रयोग गर्नु पर्दछ । जनसमुदायको भावनालाई आत्मसात गर्दै अभियान अगाडि बढाउनु पर्दछ । राष्ट्रको सम्पूर्ण जाँगर र शक्तिलाई जागृत गर्न देशभक्तिपूर्ण राष्ट्रिय चेतनाको विकासमा जोड गर्नु पर्दछ । आफ्ना क्षमताहरुलाई पूर्ण रुपमा परिचालन गर्नु पर्दछ । जनसमुदायको सिर्जनशीलता र रचनात्मकतालाई प्रस्फुटन गराउनमा नमूना बन्नु पर्दछ ।
समृद्धि, लोकतन्त्र, स्वतन्त्रता, समानता, न्याय, कानुनी राज्यको व्यवस्था, देशभक्ति, समर्पण, इमान्दारिता र मित्रतासहितका सारभूत समाजवादी मूल्य मान्यता र आदर्शहरुलाई जीवन व्यवहारमा लागू गर्दै नेपाली मौलिकता र विशेषता सहितको समाजवादी जग खडा गर्ने दिशामा दृढ इच्छा शक्तिका साथ प्रयत्न गरौं । समाजवादी समाज स्थापनाको नेपाली सपना साकार पार्ने हाम्रो संकल्प पूरा हुनेछ ।

यो पनि पढ्नुहोस्

No Content Available

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

गान्तोकमा डा. कायस्थको पुस्तक विमोचन

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा आठ जनाको मृत्यु

आन्दोलित बार एसोसिएसन शपथपछि संयमित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न गृहकार्य

भारतमा इन्धनको मूल्यमा वृद्धि हुने क्रम जारी

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक