सोम, असार १, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

‘ब्रिक्स’ बिस्तारप्रति उत्सुकता, भय र वास्तबिकता

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

—लोकनारायण सुबेदी

यतिबेला दक्षिण अफ्रिकामाा आयोजना हुन लागेको ‘ब्रिक्स’ शिखर सम्मेलनलाई लिएर एकातिर धेरैजसो देशहरुमा निकै उत्साह र उत्सुकता देखा परेको छ भने अर्कोतिर अमेरिका र उसका सहयोगी देशहरु आशंकाग्रस्त देखिएका छन् । त्यसैले अहिले यो शिखर सम्मेलनलाई कमजोर र असफल तुल्याउन पश्चिमी देशका सञ्चार माध्यमहरु हात धोएर लागेका देखिन्छ र अभियान नै सञ्चालन गरिहेका छन् । तिनीहरुले भ्रामक सूचनाहरुको प्रचार प्रसाार गरिरहेका छन् भने त्यसको अनुसरण भारतका कतिपय सञ्चार माध्यमको एउटा तप्काले पनि गरिरहेको बिश्लेषकहरुले औंल्याइरहेकाछन् । केही दिन पहिलासम्म भारतका प्रधानमन्त्री मोदी यो शिखर सम्मेलनमा भाग लिन जोहानेस बर्ग जादैनन् भन्ने कुरा पनि चलाइदै थियो । भारतका एक थरी सञ्चार माध्यमहरुले त्यसो गरिरहँदा पश्चिमा सञ्चार माध्यमहरुले ब्रिक्स शिखर सम्मेलनलाई लिएर प्रमुख मुद्दा के बनाएका थिए भने रुसका राष्ट्रपति पुटीलाई जोहानेसबर्गमा पक्राउ गरिने छ या छैन ? पुटीनले भने पश्चिमा देशका सञ्चाार माध्यमहरुको यस्तो मनसुवालाई ध्यानमाा राखेर दक्षिण अफ्रिका नजाने निर्णय लिए । उनले भिडियो कन्फरेन्सिङ्गको माध्यमबाट त्यो सम्मेलनमा सहभागी हुने बताइएको छ । त्यस निर्णयले ब्रिक्सका एजेण्डाहरुमाथि पनि सञ्चार माध्यमहरुले ध्यान केन्द्रित गर्नु पर्ने देखिएको छ ।

यो बिश्वको उदाउँदो संगठन ब्रिक्सको स्थापना २००८ मा ब्राजिल, रुस, भारत र चीन मिलेर गरेका थिए । पछिबाट यसमा दक्षिण अफ्रिका पनि शामेल भयो । बास्तवमा जोहानेशबर्ग शिखर सम्मेलन यस सम्मेलनको एउटा बर्तमान बिश्व परिप्रक्षमा निकै महत्वपूर्ण बैठक मानिदैछ । यो सम्मेलन नयाँ बिश्व ब्यवस्थाको शिलान्याश साबित हुन सक्ने पनि बिश्लेषकहरुले औंल्याइरहेका छन् । यो शिखर सम्मेलनको मूख्य एजेण्डा नै मूलतः ब्रिक्सको बिस्तार र सदस्य देशहरुका बीचमा ब्यापारका लागि मुद्राको निर्धारण गर्नु रहेको बताइएको छ । त्यसैले पश्चिमा देशहरुका सञ्चार माध्यमले लगातार यी दुबै महत्वपूर्ण बिपयहरुमाथि भ्रामक समाचार प्रसारित गरिरहेको पनि उल्लेख गरिदैछ । अझ आश्चर्यको कुरा त के छ भने उनीहरुले यसका लागि भारतको रुझानलाई समेत उपयोग गरिरहेको देखिन्छ । के धारणा बनाउन कोशिश गरेको देखिन्छ भने भारत ब्रिक्सको बिस्तारका बिरुद्ध छ । यस सम्बन्धमा ढिलै गरेर भए पनि भारतको बिदेश मन्त्रालयले यस्ता खबरहरुको खण्डन गरेको छ । अनि अहिले के भनिदैछ भने भारतले निश्चित मानकहरुकासाथ यो ब्रिक्स संगठनको बिस्तार गर्न चाहन्छ ।

ब्रिक्सको जोहानेशबर्गमा हुन लागेको सम्मेलनमा त्यसका नेताहरुले नयाँ सदस्य देशहरुलाई सामेल गर्ने निर्णय लिने प्रायः निश्चित छ भनिएको छ । यस सम्मेलनका सम्वन्धमा चर्चाको अर्को एउटा बिषय भने ‘ब्रिक्स करेन्सी’ को मुद्दा हो । यस मुद्दामा पनि भारत ब्रिक्स करेन्सीको पक्षमा छैन भन्ने प्रचार प्रसार भइनै रहेको छ । तर अर्कोथरी भारतीयहरु भन्दैछन् वास्तविकता फरक छ । उनीहरु भन्दछन् – बिश्वमा नयाँ मुद्रा प्रचलनमा ल्याउन र प्रयोग गर्न निकै जटील र दुरुह प्रकृया छ । यस कुरालाई केन्द्र बिन्दूमा राखेर ब्रिक्स देशहरुको के प्राथमिकता रहेको देखिन्छ भने नयाँ मुद्राको स्थानमा बिभिन्न देशहरुका राष्ट्रिय मुद्राहरुमा लेन–देनको ब्यवस्था अधिक सुगम र ब्यवहारिक हुन्छ भन्ने कुरा पनि उठिरहेको छ । कतिपयले भनिरहेका छन् कि केही अर्थमा यो मुद्दा भारतका लागि निकै महत्वपूर्ण छ । किनभने उसले रुसबाट ठूलो मात्रामा कच्चा तेल आयात गर्ने गर्दछ । रुसका बिरुद्ध पश्चिमा देशहरुको आर्थिक प्रतिबन्धका कारणले लेन–देनमा समस्या पैदा भइरहेको छ । रुसको यस सम्वन्धमा के आग्रह छ भने भारतले रुपैयाँकासाथै अन्य मुद्रामा पनि भुक्तानी गरोस् जसले गर्दा धनराशीको सहज किसिमले उपयोाग हुन सकोस् । पूरै सम्भावना के छ भने यो ब्रिक्स शिखर सम्मेलनले कुनै ठोस भुक्तानी प्रणालीको घोषणा अबश्य गर्नेछ ।

अमेरिका र पश्चिमी देशहरुको घट्दो बिश्व प्रभावका करणले बिभिन्न महाद्विपका अनेक देशहरु ब्रिक्समा अब सामेल हुन चाहन्छन् । ती मध्ये यसरी सामेल हुन चाहने देशहरुमा यतिबेला साऊदी अरब, इण्डोनेशिया, अर्जेण्टिना र नाइजेरिया जस्ता ठूला देशहरु पनि प्रतिक्षारत छन् । यदि यी माथि उल्लेख गरिएका देशहरु ब्रिक्समा सामेल भए भने यो संगठन अमेरिकाको प्रभावशाली मानिने गरेको जी–७ संगठनभन्दा पनि अझ सबल हुन जानेछ । यसरी ब्रिक्सको बिस्तार पछि यस संगठनलाई एकताबद्ध र मतैक्य कायम राखिराख्ने प्रणाली खडा गर्न एउटा अर्को ठूलो चूनौति अबश्य खडा हुने पनि देखिन्छ । यसको सही समाधानको खोजी गर्नु अत्यावश्यक भन्ने चूनौतिका बारेमा सोच बिचार हुँदै गरेको पनि बताइदैछ ।

यही अगस्टको २२ देखि २४ सम्म आयोजना हुने निश्चित भएको ब्रिक्स शिखर सम्मेलनमा अफ्रिकी महादेशका सबै देशलाई निमन्त्रणा गरिसकिएको बताइएको छ । शिखर सम्मेलनमा अफ्रिकी देशका नेताहरुका साथै चीनका राष्ट्रपति शी जिनपिङ्ग तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका बीच अनौपचारिक बार्ता हुने र त्यो पनि दुइ पक्षीय र अन्तर्राष्ट्रिय समस्याहरु सुल्झाउन सहायक हुने पनि धेरैले अपेक्षा गरेका छन् । ब्रिक्स शिखर सम्मेलनको लगत्तै पछि आगामी सेप्टेम्बर महिनामा नयाँ दिल्लीमा जी–२० पनि बैठक हुँदैछ । त्यसमा पनि चीनका राष्ट्रपति शीको बिशेष सहभागिता हुने र दुइ पक्षीय र बिश्वका बहुपक्षीय समस्या तथा समाधानका चूनौतिहरुका बारेमा पनि महत्वपूर्ण छलफल हुने समेत आशा गरिदैछ । यी सबै कुरामाथि बिचार गर्दा र केलाउँदा ब्रिक्सले अब चट्टानी संकल्प शक्तिकासाथ बिस्तार हुँदै र बढ्दै जाने बाटो तय गर्ने तथा बिश्वको साझा र समानतामा आधारित भबिष्य निर्माणका लागि सामयिक र महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिन थालेको छ । यसले सार्थका पाउने बिश्वास गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

विश्वकपमा ४८ राष्ट्रका १२ सय ४८ खेलाडी मैदानमा

११ मिनेट अगाडि
कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

कहीँ नभाको जात्रा’ मा रोमाण्टिक देखिए सियोन र खुशी ( भिडियो )

१२ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

संस्कृति बन्न सकेन रक्तदान

कामपाले विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने

अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग

स्वीडेनले ट्युनिसियालाई ५-१ गाेलले हरायाे

स्नातक प्रवेश तयारी अब अनलाइनमै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक