सोम, असार ८, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home ब्यानर

भक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
Reading Time: 1 min read
0
भक्तपुर–नगरकोट सडकखण्डमा कालोपत्र गुणस्तरहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ ।

सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अबस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा जिल्लाका राजनीतिक संयन्त्रका प्रतिनिधि, चाँगुनारायण नगरपालिकाका जनप्रतिनिधि, सडक निर्माण आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको अनुगमनमा सडक निर्माणमा गुणस्तरहीन काम भएको निष्कर्ष निकालिएको हो ।

सडक अनुगमनपछि नगरकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रजिअ रिजालले सडक अनुगमनका क्रममा निर्माण कम्पनीले सडकको कालोपत्र गुणस्तरहीन रहेको निष्कर्ष निकालेको बताउनुभयो । उहाँले भन्नुभयो, “सडक निर्माणको अन्तिम चरणमा पुगेको पाइयो तर सडकको कालोपत्र गुणस्तरीय छैन, अहिलेकै अवस्थामा सडक स्तरोन्नति गरेरमात्रै हस्तान्तरण गर्नुपर्ने देखिन्छ, यद्यपि झरी रोकिनेबित्तिकै सडक निर्माणको बाँकी काम अगाडि बढाएर आगामी दसैँसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्, अब पनि निर्माण सम्पन्न नभए सरकारले ठेक्का रद्द गरेर कारबाही गर्नेछ ।”

निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय नगरेको पाइएको जनाउँदै विभिन्न ठाउँमा आएका अवरोध हटाउन पहल गर्ने बताउनुभयो । अनुगमनमा चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटक–पटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगरप्रमुख तथा उपप्रमुख आफैँ उभिएर समस्या समाधान गर्न तत्पर रहेको जानकारी दिनुभयो ।

अनुगमनमा सहभागी नेकपा [एमाले]का जिल्ला अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेत, नेकपा [माओवादी केन्द्र]का सुनिल वासु, राप्रपाका केन्द्रीय सहमहामन्त्री रवीन्द्रप्रताप शाह, नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजु, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक रामेश्वर बस्नेतलगायतले छिटो निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गर्न आयोजनालाई आह्वान गर्नुभयो ।

भक्तपुर–नगरकोट सिपाघाट-बालाजु त्रिशूली सडक योजना कार्यालयको आयोजनाअन्तर्गत रहेको उक्त सडकको आयोजना सब–इन्जिनियर सुनिता धुकुछुले सडकको काम ९४ प्रतिशत सम्पन्न भएको बताउँदै आगामी असोजसम्ममा सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको जानकारी दिनुभयो । शैलुङ कन्स्ट्रक्सनका सुपरभाइजर अनुप अधिकारीले आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गर्नुभयो ।

विसं २०७३ असार ३ गतेसम्म सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी २०७१ जेठ २२ गते शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्तरूपमा निर्माण गर्ने गरी नेपाल सरकारसँग ठेक्का सम्झौता भएको थियो । रु २७ करोडमा ठेक्का सम्झौता भए पनि बजेट थप गरेर रु ३१ करोड पुर्याइएको १५ किलोमिटर छ सय ६० मिटर लामो भक्तपुर–नगरकोट सडकखण्ड नौपटक म्याद थप गर्दा पनि सम्पन्न नभएपछि यसअघि सरकारले ठेक्का सम्झौता रद्द गर्न पत्राचारसमेत गरेको थियो । रासस

यो पनि पढ्नुहोस्

अवैध लागूऔषध सहित पक्राउ

राहदानी छपाइमा अनियमिततामा थप दुई पक्राउ

४ दिन अगाडि
अवैध लागूऔषध सहित पक्राउ

भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जना पक्राउ

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाको पहिलो महाधिवेशनमा सहभागी हुन लिङदेन चितवन पुगे

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

मोरक्को समूह ‘सी’ को शीर्ष स्थानमा

प्रधानमन्त्री रास्वपाको पहिलो महाधिवेशनमा भाग लिन चितवन पुगे

कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्याे

रास्वपाका प्रतिनिधिहरुको नामावली सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक