काठमाडाैँ – अर्जेन्टिनाले विश्वकप जित्दा सानदार प्रदर्शन गरेका गोलरक्षक इमिलियानो मार्टिनेजले आफ्नो देव्रे खुट्टाको पिंडौलामा विश्वकपको ट्रफिको ट्याटु खोपाएका छन्। आफ्नो सानदार प्रदर्शनमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा मार्टिनेजले उम्दा प्रदर्शन गरेका थिए।
मार्टिनेजले सेमिफाइनलमा पनि नेदरल्यान्ड विरुद्व प्रदर्शन गर्दा टिमलाई पेनाल्टी सुटआउटमानै जोगाउँदै फाइनल यात्रा तय गरेका थिए। मार्टिनेजले विश्वकपमा उत्कृष्ट गोलरक्षक बन्दै गोल्डेन ग्लोभ्स हात पारेका थिए।
मार्टिनेजले सोमबार आफ्नो नयाँ ट्याटु सार्वजानिक गरेका थिए। उनले आफ्नो ट्याटु बनाउँदै गरेको र बनाइसकेपछिको कम्प्लिट फोटाहरु हालेका थिए।


