बैतडी । बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ।
दशरथचन्द नगरपालिका–११ मा सञ्चालन हुने १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको तयारीसमेत थालिएको छ।
नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको छ। पुस १५ गते शुरु हुने उक्त प्रतियोगिता मावि बगलेखानको मैदानमा हुनेछ। प्रतियोगिताको विजेतालाई २५ हजार नगद, ट्रफी र मेडल प्रदान गरिनेछ।
उपविजेता टोलीलाई १५ हजार नगद, ट्रफी र मेडल प्रदान गरिने आयोजक नागार्जुन रणसैनी युवा क्लबका वरिष्ठ सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिए। गत संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले जितेको थियो।


