शनि, अशोज १०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गठबन्धन जोगाउन प्रधानमन्त्री सफल हुनुहुनेछ : प्रवक्ता कार्की

धारणा न्यूज by धारणा न्यूज
४ वर्ष अगाडि
0
गठबन्धन जोगाउन प्रधानमन्त्री सफल हुनुहुनेछ : प्रवक्ता कार्की
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ गठबन्धन जोगाउन सफल हुनुहुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहिरिनु भएपछि कांग्रेस नेता समेत रहनुभएका मन्त्री कार्कीले त्यस्तो विश्वास व्यक्त गर्नुभएको हो ।

गठबन्धन मुलुकको आवश्यकता भएकाले त्यसलाई जोगाएर अघि बढ्न आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले पहिलो पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएपछि सहमति नहुँदा उहाँ बालुवाटार बैठकबाट बाहिरिनुभएको थियो । सञ्चारमन्त्री कार्कीले आजै गठबन्धन दलको बैठक बसी सहमति बन्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री कार्कीले भन्नुभयो, “गठबन्धन अहिले मुलुकको आवश्यकता हो, छलफल जारी छ । केही समय पछि फेरि  बैठक बसेर सहमतिको प्रयास हुन्छ ।” गठबन्धनलाई जनताले अनुमोदन गरिसकेकाले गठबन्धन नटुट्ने उहाँले बताउनुभयो । पार्टीको आन्तरिक छलफल थप आवश्यक रहेको र गठबन्धनलाई जोगाई राख्न सबै प्रयास हुने उहाँको भनाइ छ । “प्रधानमन्त्रीजीले निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्नुहुनेछ, सहमति बन्छ भन्ने मलाई विश्वास छ” मन्त्री कार्कीले भन्नुभयो, “आफ्नो आफ्नो दलमा छलफल हुन्छ, सबै कुराको टुङ्गो अन्तिम घडीमा हुन्छ ।”

नेपाली राजनीतिको परम्परा पनि सबै विषय अन्तिममा टुङ्गिने रहेको उहाँले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा बहुमतसहितको दाबी पेस गर्नका लागि आज ५ बजेसम्मको समय तय गर्नुभएको छ । गोरखापत्र

यो पनि पढ्नुहोस्

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति बसन्तपुरमा

१२ घण्टा अगाडि
बाढीले ठूलो क्षति पुर्‍याएपछि ज्यान जोगाएर सुरक्षित स्थानमा पुग्याे

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

१२ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

रसुवाका निजी विद्यालयमा ठूलो मानवीय

प्रमद्वारा हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव

बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा

काठमाडौंबाट बाहिरिने सवारी कलंकीबाटै प्रवेशमा रोक

पश्चिमी वायुको आंशिक प्रभाव

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक