शनि, असार २०, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्राडा अर्याल9

धारणा न्यूज by धारणा न्यूज
३ वर्ष अगाडि
0
नयाँ सम्बन्ध प्रक्रियालाई बढाउनुपर्छः उपकुलपति प्राडा अर्याल9
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

गण्डकी । पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले नयाँ सम्बन्धन प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुुभएको छ ।पोखरा विश्वविद्यालयको २७औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उहाँले विश्वविद्यालयलाई निजी क्षेत्रको सहभागितामा सञ्चालन गर्ने प्रावधान भएकाले नयाँ सम्बन्धन प्रक्रियालाई अगाडि बढाउनुपर्ने जनाउनुुभयो ।

“पोखरा विश्वविद्यालयमा सरकारको लगानी ज्यादै न्यून रहेकाले आफैँमा धानिन सक्ने गरी आङ्गिक कलेजको विस्तार तथा नयाँ विधा र क्षेत्रमा नयाँ कलेजलाई सम्बन्धन दिनुपर्छ”, उहाँले भन्नुुभयो, “कलेजहरूको नियमित अनुगमन गर्ने र नचलेका कार्यक्रम खारेज गर्ने, प्राज्ञिक सुधारका लागि शिक्षक, विद्यार्थीलाई अनुसन्धान र उद्यमशीलतामा प्रेरित गर्ने र कर्मचारीलाई तालिम प्रशिक्षण दिने, पाठ्यक्रमलाई परिमार्जन गर्दै जाने नीति विश्वविद्यालयको रहेको छ ।”

पोखरा विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा तीर्थराज अर्यालले शिक्षकले अनुसन्धान र थेसिस गाइडलाई प्राथमिकतामा राखी आफ्नो योग्यता अद्यावधिक गर्दै जानुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत भनेको नै विद्यार्थी भएकाले नयाँ–नयाँ ठाउँमा रोजगार र बजारमुखी कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्नादर बढाउनुपर्नेमा जोड दिनुभयो ।

मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सह प्राडा अजय थापाले विश्वविद्यालय शून्यबाट सञ्चालन भई आज स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तहमा कार्यक्रम सञ्चालन गरेको र ६६ वटा कलेजअन्तर्गत ६४ वटा कार्यक्रम सञ्चालन गरी ३७ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहेको उल्लेख गर्दै यो गर्व गर्न लायकको छ भन्नुभयो ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि सङ्कायका डीन प्रा राजेशकुमार ठगुराठीले विश्वविद्यालयलाई सबैले आफ्नो घर सम्झी कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थी कलेक्सन नभई सेलेक्सनबाट लिनसक्ने गरी विश्वविद्यालय बनाउनुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय सभाका सदस्य रामबाबु भण्डारीले पोखरा विश्वविद्यालय सञ्चालनमा धेरै चुनौती र अवसर दुवै रहेको उल्लेख गर्दै यसको उन्नति र प्रगतिमा सबै एकजुट भएर तन, मन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिनुभयो ।

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन सह प्राडा अमर नागिला, व्यवस्थापन सङ्कायका डीन सह प्राडा दयाराज ढकाल, परीक्षा नियन्त्रक सह प्रा तुल्सीराम भण्डारी, कार्यकारी परिषद्का सदस्य उपप्राध्यापक योगराज लामिछाने, पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रा डा दीपकराज पौडेल, प्राध्यापक सङ्घका सभापति सह प्राडा निरञ्जन श्रेष्ठलगायतले विश्वविद्यालयले शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राख्नुुपर्ने आवश्यकता औँल्याउनुुभयो ।

स्थापना भएको २६ वर्ष पूरा भई २७औँ वर्ष लागेको पोखरा विश्वविद्यालय ऐन, २०५३ विसं २०५४ साउन १ गतेदेखि जारी भई लागू भएकाले हरेक वर्ष साउन १ गतेलाई पोखरा विश्वविद्यालय स्थापना दिवसका रूपमा मनाइँदै आइएको छ । दिवसका अवरमा विश्वविद्यालयले सोमबार विश्वविद्यालय प्राङ्गण लेखनाथमा सरसफाइसमेत गरेको थियो । रासस

यो पनि पढ्नुहोस्

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने

३४ सेकेन्ड अगाडि
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

सवारी दुर्घटनामा चार जनाको मृत्यु

बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

स्विट्जरल्यान्ड फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

एसिया–प्रशान्त साँस्कृतिक सम्पदा संरक्षण पुरस्कार हस्तान्तरण

पूर्व सांसद कोइरी पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक